March 11th, 2018

नेपाल राष्ट्र बैंकको काम अर्थ मन्त्रालयले हेर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको काम अर्थमन्त्रालयले हेर्ने भएको छ । मन्त्री परिषषद्को कार्यालयले जारी गरेको नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ मा अर्थ मन्त्रालयले केन्द्रीय बैंक संचालन, नियमन र मौद्रिक नीतिको हेर्ने उल्लेख गरिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी नीति, कानुन, समन्वयन र नियमनका साथै विदेशी मुद्रा विनिमय तथा नियन्त्रणको काम पनि अर्थमन्त्रालयअन्तर्गत राखिएको छ । यसबाहेक, आर्थिक तथा सामाजिक विकास र मुद्रा तथा बैंकिङसम्बन्धी द्धिपक्षीय, बहुपक्षीय अन्तरराष्ट्रिय संस्थाहरुसँग सम्पर्क तथा समन्वयन, वैदेशिक ऋण, अनुदान तथा अन्य द्धिपक्षीय र बहुपक्षीय सहायतासम्बन्धी अन्तरराष्ट्रिय सन्धि, सम्झौता र कार्यान्वयन लगायतका काम अर्थमन्त्रालयले हेर्ने नियमावलीमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]