March 8th, 2018

नेपालमा बैंकिङ प्रविधिको विकास र महत्व

नरबहादुर थापा । विश्व प्रविधिको इतिहास हेर्ने हो भने १९१० मा प्रविधिको विकास भएको देखिन्छ । १९१० को दशक क्रेडिट कार्डको दशक रह्यो । त्यसपछि सन् १९६० को दशक एटिएम कार्डको दशक बन्यो । १९७० को दशक भने वित्तीय स्टक कारोबारको दशक बन्यो । सन् १९८० को दशक जटिल तथ्यांकहरु कम्प्युटरको माध्यमबाट राख्ने दशक रह्यो । त्यसपछि १९९० को दशक इन्टरनेट बैंकिङको दशक रह्यो ।

नेपालमा (फाइनान्सीयल टेक्नोलोजी) फिनटेक वित्तीय क्षेत्रबाट नै शुरु भएको हो । नेपालमा सन् १९९० मा नविल बैंकले क्रेडिट कार्र्ड शुरु गरेको थियो । १९९५ मा हिमालयन बैंकले एटिएम, २००२ मा कुमारी बैंकले इन्टरनेट बैंकिङ र २००४ मा लक्ष्मी बैंकले एसएमएस मोवाइल बैंकिङ भित्राएको हो । अहिले पिओएसको प्रयोग व्यापक भइरहेको देख्न सकिन्छ । यसरी बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको छ । 

अहिले अनलाई बैंकिङ, इकमर्श, ब्रान्चलेस बैंकिङ, बैंकिङ कार्डहरु लगायतको विकास भइसकेको छ । यि सबै फिनटेकका प्रोडक्टहरु हुन् । अहिले भारत लगायत अन्य देशले फिनटेकमा ध्यान दिनुको मूख्य कारण भनेको लागत खर्च घटाउनु हो । त्यसैले कम लागतमा राम्रो आर्थिक वृद्धि गर्ने हो भने फिनटेक अर्थात फाइनान्सियल टेक्नोलोजीको प्रयोग जरुरी छ । ग्रामिण क्षेत्रमा लागत महंगो भएका कारण नै बैंक वित्तको उपस्थिती हुन सकेको छैन । प्रविधिको विकास गर्ने हो भने ती ग्रामिण भेगमा समेत बैंकिङ सेवा पुग्छ । वित्तीय प्रविधिको महत्व उत्पादकत्वमा समेत जोडिएको छ । प्रविधिले उत्पादकत्व बढाउन मद्दत गर्छ । 

अहिले सेयर बजारमा धितोपत्र बोर्डले आस्वा प्रणाली लागु गरेको छ । यो एउटा आधुनिक प्रविधि हो । अहिले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन प्रविधिको प्रयोगबाट १५ वाणिज्य बैंकले ८ सय १२ केन्द्रबाट शाखा रहित बैंकिङ सेवा दिइरहेका छन् । यो प्रविधिकै कारण सम्भव भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]