February 23rd, 2018

राष्ट्र बैंकले माग्यो डेढ सय कर्मचारी, अनलाइनबाट मात्रै आवेदन दिन पाइने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रशासन र प्राविधिक सेवाका लागि डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले अधिकृत स्तरको सहायक निर्देशकको लागि ४५ जना, सहायक द्धितीय स्तरको सहायक पदको लागि ९६ जना र सहायक द्धितीय स्तरको सूचना प्रविधिको लागि सहायक पदमा १० जना गरी एक सय ५१ जना कर्मचारी माग गरेको हो । 

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ ।

त्यस्तै सहायक द्धितिय पदकालागि प्लस टु वा सो सरह पास गरेको हुनुपर्ने छ भने सूचना प्रविधिक पदको लागि कम्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा गरेको हुनुपर्नेछ ।

उक्त पदमा अनलाईन प्रणालीबाट दरखास्त दिनुपर्ने हुँदा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम भर्नुपर्ने छ । आवेदन दिँदा आवश्यक प्रमाणपत्र स्क्यान गरी आवेदनमा समावेश गर्नु पर्नेछ ।

दरखास्त दिने अन्तिम म्याद चैत्र १ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]