January 18th, 2018

बैंकिङ प्रणालीमा दश अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शुक्रबार दश अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरी उक्त रकम उपलब्ध गराउन लागेको हो ।  यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । यसले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको अवस्थालाई सहज बनाउने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।
 
विकास ऋणपत्रको ब्याजदर बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ । गत पुषमा मात्रै केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै ३५ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउन खोज्दा बैंकहरुले करिब २८ अर्ब रुपैयाँ लगेका थिए । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ उठाएको थियो । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]