January 15th, 2018

जनता बैंकका नवनिर्वाचित अध्यक्ष तथा संचालकको सपथ ग्रहण सम्पन्न

जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरंजीबि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी रायमाझीले पदभार ग्रहण गरेका हुन् । मिति २०७४ पौष २९ मा सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । 

आइतबार नै जनता बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचाकहरुले पनि सपथ ग्रहण गरेका छन् । २०७४ पौष २८ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतम प्रसाद खनाल, विनित कुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सपथ ग्रहण गराएका हुन् । नवनिर्वाचित संचालकहरुले पनि आइतबारदेखि नै आआफ्नो पदभार सम्हालेका छन् ।
 
सपथ ग्रहण पश्चात बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले आगामी ५ बर्षभित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]