January 13th, 2018

लगानी गर्ने सुनौलो अवसर, दुई अर्बको म्युचुअल फण्ड आउँदै

बैंकिङ खबर । माघ २ गतेदेखि दुई अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड आउने भएको छ । एक अर्ब रुपैयाँको सिटिजन्स म्युचुअल फण्ड र एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया ग्रोथ फण्ड माघ द२ गतेदेखि सर्वसाधारणमा विक्री खुला हुन लागेको हो । 

सिविआईएल क्यापिटलले १० करोड इकाइ निष्काशन गर्नेछ । १० करोडमध्ये डेढ करोड कोष प्रवर्द्धक सिटिजन बैंक इन्टरनेशनलले पाउनेछ भने बाँकी साढे ८ करोड इकाइ सर्वसाधरणका लागि निष्काशन हुनेछ । दरखास्त दिँदा न्यूनतम एक सय इकाई तथा अधिकतम २० लाख इकाई सम्म आवेदन दिन पाउने निष्काशन तथा बिक्री प्रवन्धक सिविआईएल क्यापिटलले जनाएको छ । दरखास्त आवेदन नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट दिन पाइनेछ । छिटोमा माघ १० गते तथा ढिलोमा १७ गतेसम्म बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ । योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा नाफा वितरण गर्ने जानकारी दिएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले एक अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डको इकाई माघ २ गतेदेखि सर्वसाधारणमा विक्री गरिने भएको छ । एनआइसी एशिया ग्रोथ फण्डले एक अर्ब बराबरको १० रुपैयाँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्री गर्नेछ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार एक अर्ब पच्चीस करोड रुपैंयासम्म पुर्याउन सकिने बताइएको छ । म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]