December 20th, 2017

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडको संचालन समितिको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले यसअघि अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई नियुक्त गरेको हो ।

 बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद नरहेपछि पुनः बैंकमका फर्किएका हुन् ।

तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]