December 19th, 2017

प्रदेश नम्बर ३ का ५० स्थानीय तह बैंकविहीन

बैंकिङ खबर । मुलुकको राजधानी काठमाडौँ अवस्थित प्रदेश नम्बर ३ का ५० स्थानीय तह बैंकविहीन रहेका छन् । १३ जिल्ला रहेको यस प्रदेशको काठमाडौँ र भक्तपूरमा मात्रै सबै स्थानीय तहमा बैंक पुगेका छन् । बाँकी जिल्लामा भने अझै पनि कतिपय स्थानीय तह बैंकिङ पहुँचबाहिर रहेका छन् । 

काठमाडौँ र भक्तपूरका सबै स्थानीय तहमा बैंक
काठमाडौं जिल्लाका सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेका छन् । गाउँपालिकाविहिन काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी–मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बूढानीलकण्ठ नगरपालिका सबैमा बैंक पुगिसकेका छन् । काठमाडौं जिल्ला जस्तै भक्तपुर जिल्लाका पनि सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेका छन् । जिल्लाका चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका सबैमा बैंक शाखा पुगिसकेका छन् ।

ललितपुरका २ स्थानीय तहमा अझै पुगेका छैनन् बैंक
काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाका दुई स्थानीय तहमा बैंक शाखा पुग्न सकेका छ्रनन् । जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकामा यस अघि नै बैंक शाखा पुगिसकेको भए पनि कोन्ज्योसोम गाउँपालिका र महांकाल गाउँपालिका भने अझै बैंकविहीन छन् ।

मकवानपुरको दुई स्थानीय तहमा मात्रै बैंक
१० वटा स्थानीय तह रहेको मकवानपूर जिल्ला बैंकिङ पहुँचका हिसाबले प्रदेश नम्बर ३ कै सबैभन्दा कमजोर जिल्ला रहेको छ । हालसम्म यहाँका दुई स्थानीय तहमा मात्रै बैंक शाखा खुलेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा बैंक शाखा खुलेका छन् । इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका भने अझै पनि बैंक शाखा खुल्ने प्रतिक्षामा छन् । 

काभ्रेपलाञ्चोकका पाँच गाउँपालिका बैंकविहीन 
काभ्रेपलाञ्चोक जिल्लाका पाँच गाउँपालिकामा अहिलेसम्म बैंक पुग्न सकेका छैनन् । जिल्लाका धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा बैंक शाखा पुगेका छन् भने बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिक मा पनि बैंक पुगिसकेका छन् । खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तिमाल गाउँपालिका, महाभारत गाउँपालिका र रोशी गाउँपालिकामा कुनै बैंकले शाखा स्थापना गरेका छैनन् । 

रसुवाको सदरमुकाममा मात्रै बैंक
बैंकिङ पहुँचका हिसाबले प्रदेश नम्बर तीनमा रसुवा जिल्ला सबैभन्दा कमजोर रहेको छ । यहाँको जिल्ला सदरमुकाम स्थित उत्तरगया गाउँपालिकामा मात्रै बैंक शाखा पुगेका छन् । बाँकी सबै स्थानीय तहमा हाल सम्म बैंक पुग्न सकेका छ्रैनन् । कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका र
पार्वतीकुण्ड गाउँपालिका अझैसम्म बैंकविहीन रहेका हुन् ।

चितवनका पाँच स्थानीय तहमा बैंकिङ पहुँच
सात वटा स्थानीय तह रहेको चितवन जिल्लाका पाँच वटा स्थानीय तहमा बैंक पुगिसकेका छन् । जिल्लाको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा बैंक शाखा खुलिसकेका छन् भने इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका बैंकविहीन छन् ।

धादिङका सात स्थानीय तह बैंकिङ पहुँच बाहिर
धादिङ जिल्लाका सात स्थानीय तहमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाका कूल १३ स्थानीय तहमध्ये हालसम्म छ स्थानीय तहमा मात्रै बैंक पुगेका छन् । धादिङको गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, धुनीबेंशी नगरपालिका र नीलकण्ठ नगरपालिका बैंक शाखा खुलेका छन् । जिल्लाको खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा भने बैंक शाखा खुलेका छैनन् ।

नुवाकोटका सात स्थानीय तहमा छैन बैंकको शाखा
नुवाकोट जिल्लाका सात स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेका छन् । जिल्लाका ६ स्थानीय तहमा मात्रै हालसम्म बैंक शाखा पुगेका छन् । नुवाकोटका ककनी गाउँपालिका, तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र विदुर नगरपालिकामा मात्रै बैंक शाखा पुगेका छन् । किस्पाङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, मेघाङ गाउँपालिका, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा बैंक पुगेका छैनन् ।

सिन्धुपालचोकका छ स्थानीय तहमा बैंक छैनन्
सिन्धुपाल्चोकका छ स्थानीय तहमा हालसम्म कुनै पनि बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् । बैंक नपुगेका सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरुमा इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका रहेका छन् । जिल्लाको बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका र मेलम्ची नगरपालिकामा भने बैंकिङ पहुँच पुगिसकेको छ ।

रामेछापका दुई स्थानीय तहमा मात्रै बैंक
रामेछाप जिल्लाका दुई तहमा मात्रै बैंक पुगेका छन् । जिल्ला सदरमुकामा रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा मात्रै बैंकहरुले शाखा स्थापना गरेका छन् । जिल्लाका उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका र सुनापती गाउँपालिका भने अझै पनि बैंकविहीन रहेका छन् ।

दोलखाका पाँच स्थानीय तह बैंकिङ पहुँच बाहिर
दोलखा जिल्लाका पाँच स्थानीस्य तह बैंकिङ पहुँच बाहिर रहेका छन् । जिल्लाका कालिञ्चोक गाउँपालिका, तामाकोसी गाउँपालिका, जिरी नगरपालिका र भीमेश्वर नगरपालिकामा बैंक शाखा पुगेका छन् भने गौरीशंकर गाउँपालिका, मेलुङ गाउँपालिका, विगु गाउँपालिका, वैतेश्वर गाउँपालिका र शैलुङ गाउँपालिकामा कुनै पनि बैंकले शाखा विस्तार गरेका छैनन् । 

सिन्धुलीका तीन स्थानीय तहमा बैंक शाखा
सिन्धुली जिल्लाका तीन स्थानीय तहमा बैंक पुगेका छन् भने छ वटा गाउँपालिकामा बैंक पुगेका छैनन् । सिन्धुली जिल्लाका सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा बैंक शाखा पुगिसकेका छन् । त्यस्तै, गोलन्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा बैंक शाखा पुगेका छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]