November 20th, 2017

२० बीमा कम्पनीको रिपोर्ट : कसले कति कमाए ?

बैंकिङ खबर । एकातिर बैंकहरुको नाफामा गिरावट आइरहँदा बीमा कम्पनीहरुले पनि नाफा बढाइरहेका छन् । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक विवरण अनुसार, अधिकांश बीमा कम्पनीले मुनाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक वृद्धि हासिल गरेका छन् । प्रथम त्रैमासिक विवरण सार्वजनिक भएका छ जीवन बीमा कम्पनीमध्ये, सबैको नाफा बढेको छ । 

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफामा दुई सय एक दशमलव १९ प्रतिशत वृद्धि हासिल गर्दै १७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफले पाँच करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बीमा कम्पनीले तोके बमोजिमको चुक्तापूँजी पुर्याईसकेको कम्पनीले जगेडा कोषमा चार अर्ब ८६ करोड रुपैयाँ राखेको छ भने जीवन बीमा कोषमा ४३ अर्ब ३६ करोड रुपैयाँ र महाविपत्ती कोषमा २६ करोड ५४ लाख रुपैयाँ राखेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैया ९२ पैसा, प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ७२ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य एक हजार छ सय ६६ रुपैयाँ रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आठ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनलले पाँच करोड पाँच लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा ३४ करोड २३ लाख रुपैयाँ र जीवन बीमा कोषमा १८ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ६२ दशमलव १२ प्रतिशतले बढेर १० करोड ७७ लाख रुपैयाँ र खर्चमा ६६ प्रतिशतले बढेर दुई करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले एक अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरी ४३ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ दशमलव ८३ रुपैयाँ, पीई रेशियो ९२ दशमलव ३४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ५९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मुल्य एक हजार तीन सय दशमलव ५९ रुपैयाँ रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा एक सय ७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइमले दुई करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चार करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको बीमा कोषमा ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा नौ करोड रुपैयाँ र महाविपत्ती कोषमा करिव आठ करोड रुपैयाँ रहेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय ३५ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एलआईसी नेपालले ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा ३० करोेड ५० लाख रुपैयाँ र जीवन बीमाकोषमा ३६ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी २२१ दशमलव ७३ प्रतिशतले बढेर ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खर्च १६४ दशमलव २८ प्रतिशतले बढेर तीन करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) दुई अर्ब २१ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने ४६ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ, मुल्य आम्दानीको अनुपात सात सय ४८ गुणा र प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ७१ रुपैयाँ रहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ९८ दशमलव ६३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गुराँसले ८९ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कोषमा तीन अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा दुई करोड ७१ लाख रुपैयाँ राखेको छ । कम्पनीले चार अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने हालसम्म ३२ करोड १९ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैया ९५ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ २८ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य सात सय ५२ दशमलव ८१ रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलब १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा एशियनले एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ८० करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब ७३ करोड ४७ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी नौ दशमलब ८० प्रतिशतले बढेर दुई करोड ३४ लाख रुपैयाँ पुगेको छ भने खर्च १५ दशमलव ३० प्रतिशतले बढेर १६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनिले हालसम्म १२ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ५१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी सात दशमलव ८६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात एक सय ९३ दशमलव २७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ५४ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य एक हजार चार सय ८३ दशमलव २५ रुपैयाँ रहेको छ ।

अधिकांश निर्जिवन बीमा कम्पनीले पनि बढाए नाफा
निर्जिबन बीमा कम्पनीहरुमा पनि अधिकांशले नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । 

शिखर इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ५५ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनामा नौ दशमलव ७९ प्रतिशत बढी हो । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले आठ करोड ७० लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३१ प्रतिशतले घटेर ४६ रुपैयाँ ७५ पैसा पुगेको छ । चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ भएको कम्पनीले बीमा कोषमा ३१ करोड ४४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ६८ करोड ६८ लाख रुपैयाँ राखेको छ । यो अवधिमा ७५ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ कम्पनीले२५ करोड ७६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ७५ पैसा, प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ४३ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य ४३० रुपैयाँ ९२ पैसा रहेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा एनएलजीले चार करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीले १८ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने पाँच करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो अवधिमा कम्पनीले कम्पनीले एक हजार ७५३ वटा बीमा दाबी बापत ७२ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । ५१ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १८ करोड ९० लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ बीमा कोषमा र तीन करोड पाँच लाख रुपैयाँ महाविपत्तीकोषमा राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ छ पैसा, पिई रेसियो ३७ दशमलव ९९, प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ १७ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०१ रुपैयाँ ३५ पैसा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चार करोड १२ लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थले चार करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले २५ करोड ७ लाख रुपैंयाँ खुद बीमाशुल्क आर्जन गरी आठ करोड ८६ लाख दाबी भुक्तानी गरेको छ । ५३ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा १६ करोड ५३ लाख रुपैयाँ राखेको छ । कम्पनीको बीमा कोषमा ४३ करोड ३३ लाख र महाविपत्ति कोषमा पाँच करोड ६७ लाख रुपैयाँ राखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ७१ पैसा, प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात एक सय ९० दशमलव १४ रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव चार प्रतिशत बढी नाफा कमाएका हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेकोले दुई करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ७१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २४ करोड ९६ लाख रुपैयाँ र बीमाकोषमा ३० करोड २४ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ४४ दशमलव २८ प्रतिशत बढेर छ करोड १९ लाख रुपैयाँ पुगेको छ भने खर्च ४४ दशमलव ३८ प्रतिशतले बढेर दुई करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) २३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने सात करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २० दशमलब ३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ७७ दशमलव ४४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ४५ दशमलब ९१ गुणा रहेको छ ।

सगरमाथा इन्स्योरेन्स लिमिटेड
सगरमाथा इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनामा पाँच दशमलव ६९ प्रतिशत बढी हो । गत आर्थिकवर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड नौ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा २५ करोड १० लाख रुपैयाँ र बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ राखेको छ भने महाविपत्ति कोषमा चार करोड ५९ लाख रुपैयाँ राखेको छ । यो अवधिमा ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ कम्पनीले १५ करोड ४० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी छ रुपैया ०७ पैसा, प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ९७ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य ५८२ रुपैयाँ ३३ पैसा रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटड
निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटडले पहिलो त्रैमासमा मुनाफा तीन करोड नौ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिमा मुनाफा २० दशमलव ५६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा तीन करोड ८९  लाख रुपैयाँ कमाएको थियो ।
७८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १२ करोड  रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा १८ दशमलव ८९ प्रतिशतले घटेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १६ दशमलव २६ प्रतिशतले घटेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा शुल्क खुद २१ करोड ५० लाख आर्जन गरेको छ भने दाबी भुक्तानी खुद ९ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५५ दशमलव ५५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६३ दशमलव ५९ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मुल्य २ सय ७४ दशमलव ०६ रुपैयाँ रहेको छ ।

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ११ दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १६ करोड २२ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जीवन बीमा कोषमा १० करोड ६३ रुपैयाँ राखेको छ । पाँच करोड ४० लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैया ९३ पैसा, पिई रेसियो ६२ दशमलव ०७, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य २२५ दशमलव ७९ रुपैयाँ रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा दुई करोड ५२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिमा मुनाफा ३९ दशमलव २४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ४२ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा ३६ करोड ५० लाख रुपैयाँ राखेको छ । प्रुडेन्सियलको आम्दानी ३८ दशमलव ७० प्रतिशतले बढेर चार करोड ३८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३८ दशमलव ४६ प्रतिशतले बढेर एक करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ भने ८ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २३ दशमलब ६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ सय २० दशमलव ३६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ६१ दशमलब ४३ गुणा रहेको छ ।

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको उक्त मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभुले एक करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले हालसम्म २५ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । ५७ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा १५ करोड ७५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी चार रुपैयाँ, पिई रेसियो २८६, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले एक करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीले हालसम्म २६ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने चार करोड ७१ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । एक अर्ब ४८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा एक अर्ब दुई करोड रुपैयाँ जगेडा कोषमा राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ १९ पैसा, पिई रेसियो ३४२ दशमलव ७६, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३७ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य २१५ दशमलव ३१ रुपैयाँ रहेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रिमियरले दुई करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ४४ करोड ८५ लाख रुपैयाँ चुक्ता पुजी भएको कम्पनीले जगेडा कोषमा १३ करोड १५ लाख र बीमा कोषमा ३४ करोड चार लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी पाँच दशमलव ३७ प्रतिशतले बढेर तीन करोड ७७ लाख रुपैयाँ पुगेको छ भने खर्च ४१ दशमलव ६२ प्रतिशतले बढेर ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । प्रिमियर इन्स्योरेन्सले ४१ करोड ९२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल १२ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिक १८ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ८५ दशमलव ९५ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ११ दशमलव ९६ रुपैयाँ रहेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय २६ दशलमव ७३ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
१२ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ११ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी ९८ लाख रुपैयाँ पुगेको छ र खर्चमा २८ करोड रुपैयाँ पुगेको छ । जसको बीमा शुल्क खुद दुई करोड ५० लाख रुपैयाँ र दाबी भुक्तानी खुद १ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनिको प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७९ दशमलव ४९ गुणा र प्रतिसेयर नेटवर्थ तीन सय २३ दशमलव ६२ रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा संस्थान 
राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ५२ दशमलव ३५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थानले १७ लाख रुपैयाँ नाफा कमाएको थियो । १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा १५ करोड ४४ लाख रुपैयाँ र जीवन बीमाकोषमा १३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेर ९२ लाख रुपैयाँ पुगेको छ भने खर्च १३ दशमलव ३४ प्रतिशतले बढेर ४८ लाख रुपैयाँ पुगेको छ । बीमाशुल्क खुद ६४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले ७३ करोड १५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ३० प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा युनाइटेड इन्स्योरेन्सले दुई करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा छ करोड ९४ लाख रुपैयाँ नेगेटिभमा र बीमा कोषमा १७ करोड ५० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी सात दशमलव १४ प्रतिशतले घटेर दुई करोड ६७ लाख रुपैयाँ पुगेको छ भने खर्च शुन्य दशमलव ६८ प्रतिशतले घटेर एक करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) नौ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ भने चार करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ । कम्पनीले १६ हजार ३ सय ४६ वटा बीमालेख जारी गरेको छ भने चार सय ९६ वटा बीमा दाबी भुक्तानी गरेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी चार दशमलव ८७ प्रतिशत, मुल्य आम्दानीको अनुपात दुई सय ६६ दशमलव ९० प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव २३ प्रतिशत र तरलता अनुपात एक दशमलव ७६ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]