November 5th, 2017

नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले पाँडेलाई अध्यक्षमा नियुक्त गरेको छ । 

पृथ्वीबहादुर पाँडे नेपालको बैंकिङ क्षेत्रका ‘पायोनियर’ हुन् । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेर राष्ट्रिय बाणिज्य बैंकको नेतृत्व एवं हिमालयन बैंकको स्थापना गरेका पाडेले सन् २००१ मा विदेशी व्यवस्थापनबाट नेपाल इन्भेष्टमेन्ट बैंक जिम्मा लिए । विगत एक दशकभन्दा लामो समयदेखि उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यकारी अध्यक्ष थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]