May 1st, 2016

चिनियाँ मुद्रा अहिलेसम्मकै बलियो, डलरलाई युआनले उछिन्यो

yuan-and-dollarsचिनियाँ मुद्रा युआनले अमेरीकी डलरलाई उछिनेको छ । युआनको विनिमय दरमा ११ वर्षयताकै उल्लेख्य वृद्धि भएसँगै अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा युआनको भाउमा शुन्य दशमलव ५६ प्रतिशतको वृद्धि देखिएको छ । चीनको केन्द्रीय बैंकले चिनियाँ युआनलाई ६.४५८९ चिनियाँ युआन प्रतिडलरमा पु¥याएसँगै लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा कमजोर रहँदै आएको चिनियाँ मुद्राको विनिमय दरमा व्यापक उतारचढाव आएको हो ।

चीनले बजारमा कुनै किसीमको अस्थिरता उत्पन्न नहोस् भन्नको लागि आफ्नो मुद्रामा बढिमा २ प्रतिशतसम्मको गिरावट वा सुधारको लागि अनुमति प्रदान गर्ने गरेको छ । विश्लेषकहरुले अहिले चीनले गरेको निर्णयले आगामी दिनहरुमा आउन सक्ने चीनको नीतितर्फ संकेत गरेका छन् । पछिल्लो समय जापानी मुुद्रा येनको तुलनामा अमेरिकी डलरको मुल्यमा भारी गिरावट आएको थियो । नियन्त्रणभन्दा बाहिरको बजार र थप किसीमका कुनै नीति सार्वजनिक नगरिएका कारण जापानी मुद्रा अन्तर्राष्ट्रिय बजारमा बलियो देखिएको हो । चीनले शुक्रबार गरेको युआन वृद्धिको निर्णय सन् २००५ को जुलाईयता ल्याएको सबैभन्दा ठूलो योजना हो ।

गत अगस्ट महिनामा चिनीयाँ युआनमा देखिएको भारी गिरावटको कारण चिनियाँ मुद्रा लगातार रुपमा अन्तर्राष्ट्रिय बजारमा कमजोर देखिएको थियो । अगस्टमा चिनियाँ मुद्रा एक साताको अवधिमा पाँच प्रतिशतको भारी गिरावटमा परको भएतापनि चिनले आफ्नो मुद्रामा देखिएको भारी गिरावटका बाबजुत आफ्नो मुद्रालाई कमजोर रहन दिने निर्णय गरेको थियो चीनले पछिल्लो समय सार्वजनिक गरेको निर्णयको प्रभाव स्टक बजारमा भने कमजोर देखिएको छ । चीनको सांघाई कम्पोजिट इन्डेक्समा शुक्रबार ७.२६ अंकको गिरावट आएको देखिएको छ । साथै जापानको सेयर सूचक निक्कीले पनि गत साता पाँच प्रतिशत बराबरको गिरावटको सामना गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]