September 4th, 2017

नेपालमा जिमेल र युट्युब किन ढिला खुल्छन् ? यस्तो छ कारण

विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै आएको गुनासोप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)को ध्यानाकर्षण भएको छ । धेरै प्रयोगकर्ताहरुबाट यस्तो गुनासो आउन थालेपछि आइस्पानले यो समस्या छिटै समाधान हुने प्रतिवद्धतासहित यस्तो हुनुका कारणहरु खुलाएको छ ।

आइस्पानका अनुसार, गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसन्स (जस्तैः जिमेल र यूट्युब लगायत) को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखिरहेको छ । हाल गुगलले गरेको निर्णय अनुसार नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गुगलको यस निर्णयको कारणले नेपालमा भइरहेका सरभरको स्तरोन्नतिलाई विगत केही महिनादेखि गुगलले ध्यान दिएको छैन । यहि कारणले बढी प्रयोग हुने  समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भइरहँदा एप्लिकेशनहरु खुल्न समय लाग्ने गरेको छ । 

इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई सरभरको स्तरोन्न्तिका लागि बारम्बार अनुरोध समेत गरिरहेका छन् । तर, पनि यसप्रति गुगलले ध्यान नदिएको आइस्पानको भनाइ छ । साथमा गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरिदिँदा समस्या थपिएको छ । 

अब गुगलले आफनो सरभरको स्तरोन्नोति नगर्दासम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले जिमेल, यूट्युब लगायतका गुगल एप्लिकेशनहरु ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नुपरेको असुविधाप्रति क्षमा माग्दै आइस्पानले गुगलले तत्काल यो समस्याको समाधान गर्ने अपेक्षा व्यक्ति गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]