September 1st, 2017

नौ अर्ब ६५ करोडको ट्रेजरी बिलका लागि बोलपत्र आह्वान

आगामी सोमबार नौ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल हुने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब १३ करोड र १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको हो । बोलकबोल सोमबार अपरान्ह ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]