August 30th, 2017

साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. कोइराला

साना किसान विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले डा. कोइरालाई सीईओ नियुक्त गरेको छ । उनी चार वर्षका लागि साना किसान विकास बैंकको सीईओमा नियुक्त भएका हुन् । कोइरालाले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपना विषयमा विद्यावारिधि गरेका छन् । कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव भएका कोइरला वित्तीय दिगो विकास एवं लघुवित्तका विज्ञ मानिन्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]