August 20th, 2017

शोभनदेव पन्तको आगमनले बैंक अफ काठमाण्डूलाई आशा बढायो

बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शोभन देव पन्तको नियुक्तिसँगै अब बैंक अफ काठमाण्डू अझ सबल भएर जाने अपेक्षा गरिएको छ । आइतबार (भदौ ४ गते)देखि आफ्नो कार्यभार साम्हालेका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा चिनिन्छन् । 

तत्कालिन लुम्बिनी बैंकमा सीईओ रहेका पन्त लुम्बिनी र बैंक अफ काठमाण्डू एकआपसमा गाभिएपछि बैंकिङ क्षेत्रबाटै बाहिरिएका थिए । यद्यपि, बैंक संचालन समितिले उनलाई पुनः सीईओ पदमा नियुक्त गरेपछि अब बिओकेले थप प्रगति गर्ने विश्वास लिइएको छ । उनले तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । 

गत साउन महिनामा बिओकेका सिइओ अजय श्रेष्ठले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]