July 16th, 2017

वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी लघुवित्त पहिलो, नाफामा गर्यो उल्लेख्य प्रगति

गत आर्थिक वर्ष ०७३।७४ को वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो भएको छ । संस्थाले खुद मुनाफामा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले छ करोड २४ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ । यो अवधिमा निक्षेपमा ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा ५८ दशमलव शून्य दुई प्रतिशतले वृद्धि गरी दुई अर्ब १८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । 

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ६४ दशमलव ४२ प्रतिशतले बढेर २४ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ दशमलव ६८ प्रतिशतले बढेर १६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी लघुवित्तले प्रोभिजनमा एक करोड १५ लाख रुपैयाँ राखिएको छ ।

लक्ष्मी लघुवित्तको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]