July 14th, 2017

बाख्रापालनले फेरियो जिन्दगी

प्रेमनारायण आचार्य / गरिबीमै रुमलिएका पाणिनी गाउँपालिका खिदिम सम्माचौरका स्थानीयको दुई वर्षयता दैनिकी फेरिएको छ । गरिबी निवारण कोषले बाख्रापालनका लागि सहयोग गरेपछि दुई वर्षमा उनीहरूले राहत महसुस गरेका हुन् । ‘कही कसैले यो ठाउँलाई हेरेको थिएन । अहिले हामी धेरै खुसी छौुं, स्थानीय कर्णबहादुर घर्तीले भन्नुभयो, ‘सुरुमा तीनवटा बाख्रा किन्न १८ हजार सहयोग गरेको थियो । अहिले १२ वटा बाख्रा पालेको छु । उहाँले बाख्रा देखाउँदै भन्नुभयो, ‘यसले हामीजस्ता गरिबलाई सहयोग गरेको छ । बाख्रा किन्न रकम उपलब्ध गराएपछि गाउँमा सबैको मुहार उज्यालो भएको छ ।

कर्णको मात्र हैन सम्माचौरकी गिता सर्तुंगेमगर पनि अहिले बाख्रापालनमै लाग्नुभएको छ । उहाँका घरमा १० वटा बाख्रा छन् । ‘पहिले दुईरचार सय पैसा चाहिए पनि गाउँमा ऋण माग्न जानुपथ्र्यो । अहिले अरुलाई सानोतिनो ऋण दिन सकिन्छु, उहाँले भन्नुभयो । गरिबी निबारण कोषको कार्यक्रम पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँचीले खिदिमसहितका साबिक आठ गाविसमा सहजीकरण गरेपछि यो परिवर्तन सम्भव भएको हो । खिदिम सम्माचौरका २४ घरधुरीमा यो कार्यक्रम सञ्चालन भएको छ । सहभागितात्मक सामाजिक विष्लेषणका आधारमा अति गरिब, मध्यम गरिब र गरिब पहिचान गरी त्रिबेणी सामुदायिक संस्था गठन गरी कार्यक्रम सञ्चालन भएको हो । सामुदायिक संस्थाका ५०० सदस्यको माग संकलन तथा माग प्राथमिकीकरणमा बाख्रापालन कार्यक्रम सञ्चालन गरेको पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष हरिबहादुर खडकाले बताउनुभयो ।


संस्थाले चिदिका, खिदिम, केरुंगा, छत्रगन्ज, अर्घातोष खनदह, खन गरी सात गाविसमा कार्यक्रम सञ्चालन गरेको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत सामाजिक परिचालन, क्षमता अभिवृद्धि, आयआर्जन र स(साना भौतिक पूर्वाधार निर्माणका काम गर्दै आएको छ । संस्थाले आव ०७३/०७४ मा आयआर्जनतर्फ दुई करोड १९ लाख ८४ हजार र पूर्वाधार निर्माणमा एक करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । गरिबी निवारण कार्यक्रम सञ्चालन भएपछि आयआर्जनका कार्यक्रमबाट गरिब तथा विपन्न वर्गको उत्थानमा निकै ठूलो टेवा पुगेको परियोजनाकी कार्यक्रम संयोजक गोमा पन्थीले जानकारी दिनुभयो । इन्फो : सामुदायिक संस्थाका ५०० सदस्यको माग संकलन तथा माग प्राथमिकीकरणका आधारमा बाख्रापालन कार्यक्रम सञ्चालन गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]