June 14th, 2017

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकमै सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथमा उनी पोखराको गण्डकी मेडिकल कलेजका प्रिन्सिपल तथा प्रोफेसर समेत हुन् । यसका अलावा पनि उनी थुप्रै सामाजिक संस्थाहरुसँग आवद्ध रहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]