June 5th, 2017

कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी नियुक्त

कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । कुमारीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरको हो । यसअघि कुमारीको सीईओ राजिव गिरी थिए । 

भण्डारी यसअघि सिद्धार्थ बैंकमा सीईओ थिए । गत असारमा मात्रै सिद्धार्थले चार वर्षका लागि भण्डारीको कार्यकाल थप गरिदिएको थियो । जसको एक वर्ष नबित्दै भण्डारी कुमारीमा आएका हुन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]