April 22nd, 2017

भुकम्पको ६ वर्षपछि हाईटीका बैंकहरु समस्याग्रस्त   

हाइटी एक विकाशोन्मुख क्यारेवियन राष्ट्र हो । सन् २००३ मा त्यहाँको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको थियो भने ४० प्रतिशत जनसंख्या बेरोजगार थिए । एउटा स्थिर र विश्वसनीय बैँकिङ प्रणालीको अभावका कारण हाइटीको आर्थिक अवस्था एकदमै नाजुक थियो । अस्थिर मुद्रा, लगानीको अभाव र अनेकौँ व्यापारीक समस्या लगायतका कारण हाइटीले ठूलो समस्याग्रस्त र संकटपूर्ण अवस्थाबाट गुज्रनुपर्यो । वार्षिक बजेटको आधा हिस्सा बाह्य स्रोतबाट भित्र्याउँदै हाइटी सरकारले दिगो अर्थतन्त्र निर्माणका लागि औपचारिक रुपले नै अन्तर्राष्ट्रिय आर्थिक सहायता ग्रहण गर्यो । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैँक, इन्टरअमेरिकन डेभलपमेन्ट बैँक र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यले हाइटीको वित्तिय विकास तथा स्थिरतामा निकै ठूलो योगदान पुर्यायो ।

हाइटीको मुद्रा हाइटीयन गार्डको तेस्रो संस्करण सन् १८७२ देखि १९१२ को बिचमा बनाइएको थियो । त्यति बेला, एक अमेरिकी डलर बराबर ५ गार्ड हुन्थ्यो । १९८९ मा सो विनिमय दर खारेज गरिएपछि हालसम्म हाइटीको मुद्राको विनिमय दर एकदमै अस्थिर अवस्थामा रहेको छ ।

हाइटीयन मुद्रा
कुनै पनि मुलुकको मुद्राको विनिमय दर विदेशी विनिमय बजारले तोकेबमोजिम हुन्छ । अन्य मुद्राहरु तथा सुनको मूल्यको तुलनामा सम्बन्धित मुद्राको सप्लाई र डिमान्डको आधारमा तय गरिने विनिमय दर अस्थिर विनिमय दर हो । फिक्स्ड विनिमय दर त्यस्तो मुलुकको विनिमय दर हो, जहाँको सरकार अथवा केन्द्रिय बैँकले आफ्नो औपचारिक विनिमय दर कुनै एक मुलुकको मुद्रा तथा सुनको मूल्यसँग जोडेर निर्धारण गर्दछ । आफ्नो मुलुकको मुद्राको मूल्यको व्यवस्थापन सानो क्षेत्रभित्र मात्रै गर्न यस प्रकारको विनिमय दर प्रणालीको प्रयोग गरिन्छ । विकाशोन्मुख मुद्रा त्यस मुलुकको मुद्रालाई भनिन्छ, जुन मुलुक निश्चित वातावरणतर्फ उन्मुख छ तर अझै पनि संस्थागत रुपमा चुकेको छ । यतिबेला हाइटीको विनिमय दर एकदमै अस्थिर रहेको छ भने संस्थागत तवरबाट पनि यहाँको मुद्राको विकास हुन सकिरहेको छैन ।  

७ वर्षअघिको भुकम्पको असरमा रुमलिँदै
सन् २०१० को जनवरी १२ तारिखमा गएको ७ म्याग्निच्युडको विनाशकारी भुकम्पले हाइटीलाई निकै नोक्सान पुर्यायो । सोही भुकम्पमा हाइटीले ७.८ विलियन डलर क्षति व्यहोर्यो । फलस्वरुप २०१० को कुल गार्हस्थ उत्पादन ५.३ प्रतिशतले झर्यो । यसले बैँक तथा वित्तीय क्षेत्रमा मात्र नभएर समग्र अर्थतन्त्रलाई नै धराशायी बनायो । जसको असरबाट आजसम्म पनि हाइटी माथि उठ्न सकेको छैन । झन पछि झन् समस्या भोग्दै गर्दा हाइटिमा भूकम्प गएको ७ बर्षमा यसको आर्थिक समस्या चरम देखिएको छ । एक विकाशोन्मुख राष्ट्र भएकाले हाइटीमा सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । अझ बैँक तथा वित्तीय क्षेत्रमा हाइटीले सुधारर्नुपर्ने कुराहरु अनगिन्ती छन् । वर्तमान अवस्थामा सबैभन्दा ठूला चुनौति भनेको विनिमय दरमा स्थिरता कायम गर्नु नै हो । वित्तीय पहुँच विस्तारका लागि बैँकिङ व्याजदर घटाउनु पनि हाइटीको वित्तीय क्षेत्रको अर्को जल्दोवल्दो चुनौति हो । यी समस्याको समाधान भएमा मात्र हाइटी वित्तीय हिसाबले आफ्नै खुट्टामा उभिन सक्छ । यति मात्र नभएर यी परिवर्तनहरुबाटै हाइटीले एउटा गतिशील बैँकिङ क्षेत्रको स्थापना गरी समग्रमा मुलुककै अर्थतन्त्रलाई माथि उकास्न सक्छ ।   

नेपालमा यस्तो कहिल्यै नहोस् 
सुरुवातका दिनहरुमा हाईटिका बैंक तथा वित्तिय संस्थाहरु पनि निर्वाद रुपमा सञ्चालन भएका थिए । यद्यपी भुकम्पको प्रभावपछि त्यहाँको पुरै अर्थतन्त्र प्रभावित भयो र बैंक तथा वित्तिय संस्थाहरु उठ्नै सकेनन् । लगानीकर्ताहरुमा पनि त्यस किसीमको उत्साह देखिएन । अन्ततः सिंगो बैंक तथा वित्तिय क्षेत्रहरु प्रभावशुन्य अवस्थामा पुगे । नेपालमा पनि २०७२ सालमा विनाशकारी भुकम्प गएको थियो । जसका कारण मुलुकको सिंगो अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । यद्यपी नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा  हालसम्म  भूकम्पका कारण समस्या आएको छैन । अब ति संस्थाहरुको स्तरोन्नती तथा विकासका लागि सरकारले नै विभिन्न योजनाहरु बनाउन जरुरी देखिन्छ । बैंक तथा वित्तिय संस्थाहरुको लागि उपयुक्त लगानीको वातावरण तयार पार्नु राज्यको दायित्व समेत हो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]