March 8th, 2017

नेपाल लाइफको एफपीओ नपरेको पैसा विहीबारदेखि फिर्ता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपीओ नपरेको पैसा विहीबारदेखि फिर्ता हुने भएको छ । कम्पनीले विभिन्न १४ वटा बैंकबाट रकम फिर्ता गर्ने जनाएको छ । यी १४ वटाबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा खाता उल्लेख गरेका लगानीकर्तालाई भने चेकबाटै रकम फिर्ता दिइने बताइएको छ । 

कम्पनीको एफपीओको बाँडफाँड गत शुक्रबार गरिएको थियो । नेपाल लाईफको एफपीओमा १७० कित्ता देखि १८० कित्ता सम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका थिए भने १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथबाट सेयर बाँडिएको थियो । यसमा अधिकतम ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका थिए ।

 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]