March 2nd, 2017

एलआईसी नेपालका सेयरधनीले २४.८ प्रतिशत बोनस सेयर पाउने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई २४.८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार (फागुन १८ गते) बसेको ८५औं संचालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २४.८० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कर प्रयोजनका लागि सेयरधनीले १.३०५२६ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । सञ्चालक समितिको उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १५औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुनेछ ।

हाल लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चुक्तापुँजी एक अर्ब छ करोड ९४ लाख ५३ हजार एक सय २५ रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]