February 21st, 2017

‘उत्पादन क्षेत्र राष्ट्र बैंकको प्राथमिकताको क्षेत्र हो, यतापट्टि लगानी बढाउनुस्’ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले उनुत्पादक क्षेत्रमा जाने बैंकिङ लगानीमा कडाई गरिने बताएका छन् । चालु आर्थिक वर्षको मौदिंक नीतिको अर्धवार्षिक समीक्षा गर्दै गभर्नर डा. नेपालले उत्पादन क्षेत्रमा लगानी बढाउन अनुत्पादक क्षेत्रमा जाने कर्जामाथि कडाई गर्ने बताएका हुन् । ‘उत्पादनमूलक क्षेत्र भनेको राष्ट्र बैंकको प्राथमिकतामा रहेको क्षेत्र हो’, समीक्षा कार्यक्रममा उनले भने, ‘त्यसैले उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउनुपर्छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रतिर उच्च लगानी गरेकोतर्फ इंगित गर्दै उनले भने, ‘अहिले तरलता संकट भनेर तपाईहरु कराईरहनुभएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुस्, तपाईहरुको कर्जा जोखिम पनि न्युनिकरण हुन्छ, केन्द्रीय बैंकको निर्देशन पनि पलाना हुन्छ, बैंकमा तरलता पनि अभाव हुँदैन र समग्रमा मुलुकलाई नै राम्रो हुन्छ ।’

वाणिज्य बैंकहरुले अनुत्पादक क्षेत्रमा उच्च लगानी गरेकै कारण राष्ट्र बैंकले ओभरड्राफ्ट (ओडी) कर्जाको सीमा घटाएको उनले स्पष्ट पारे । यसबाट अनुत्पादक क्षेत्रमा जाने उच्च कर्जा निरुत्साहित हुने राष्ट्र बैंकको अपेक्षा रहेको उनको भनाई छ ।

गभर्नर डा. नेपाले ट्रष्ट रिसिप्ट (टिआर) लोनको समय बढाइएको जानकारी दिए । यसअघि १२० दिनको लागि मात्रै टिआर लोन दिन पाइने ब्यवस्थामा पुनरावलोकन गर्दै केन्द्रीय बैंकले अबदेखि १५० दिनसम्मको लागि दिन पाइने नयाँ ब्यवस्था गरेको गभर्नर डा. नेपालले बताए ।

केन्द्रीय बैंक आफुद्धारा जारी नीतिहरु कार्यान्वयन गराउन अब कडा भएर लागि पर्ने उनले प्रतिवद्दता जनाए । अहिलेसम्म केन्द्रीय बैंकले केन्द्रीय बैंकको प्रथामिकताको क्षेत्रभन्दा बाहिर गएर बैंक तथा वित्तीय संस्थाले गरिरहेको वा नगरेको गतिविधिलाई नियालेको उनको भनाई थियो । जनताको पैसा जथाभावी लगानी गर्न कसैलाई पनि अधिकार नभएको उनले पुनः दोहार्याए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]