February 14th, 2017

‘सुरक्षाको ग्यारेन्टी नै बीमाको आकर्षण हो’

श्रीमान् कार्की बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका निर्देशक हुन्  । बीमा समितिको ७ दशक लामो यात्रा छ, तर बीमा पहुँचको अबस्था अति न्यून देखिन्छ । तथापी पछिल्लो समय कृषि बीमाको पहुँच बढ्न थालेको छ । २०६९ साल माघ १ गतेबाट शुरु भएको कृषि बीमा कार्यक्रम अन्तर्गत बालि बीमा र पशु बीमाले कृषि उत्पादन पनि बढाएको छ । प्रस्तुत छ बीमा समितिका कार्कीसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादीत अंश : 


कुन कुन बालिहरु बीमा हुन्छ ? बालि बीमाका बारे केही वताइदिनोस् न ।
सबै बालिहरुको बीमा गरिन्छ । नेपालमा जतिपनि खेति गरिने बालिहरु छन् ति सबै बालिहरुमा बीमाको प्रावधान छ । बीमा आफैमा सहयोगि क्षेत्र हो । हामीले बीमालाई फाइदाका रुपमा भन्दा पनि सहजकर्ताका रुपमा लिनुपर्छ । बीमाले हामीलाई आपतविपतमा मात्र हेर्छ अरु बेला यसले हामीलाई केहि पनि गर्दैन । जस्तो भनौ न कुनै किसानले खेति गर्यो खेति राम्रो भयो भने त त्यसै फाइदा भयो नि । कुनैपनि कृषकले पशुपंक्षी पालेको अथवा खेति गरेको अबस्थामा त्यहाँ नोक्सन भयो भने त्यतिबेला मात्र बीमा महत्वपूर्ण हुन्छ । त्यस बेलामा बीमाले सहयोग गर्न सक्छ । यसकारण बीमालाई सुविधा भन्दा पनि सुरक्षाको तरीकाले बुझ्न र बुझउन आबश्यक छ ।  

पशु बीमाको क्षेत्रमा पछिल्लो समय आकर्षण बढेको छ भनिन्छ नि ?

पछिल्लो समय पशु बीमामा आकर्षण बढेकै छ, । विगतलाई हेरेर वर्तमान अवस्थामा तुलना गर्ने हो भने पशु बीमा गर्नेको संख्या बढेको छ । पशु बीमाको प्रारम्भिक अवस्थामा पशुपालन गर्नेहरुको आकर्षण ज्यादै न्युन थियो । सुरुसुरुमा पशु बीमाका बारेमा जानकार नभएर या पशु बीमाका बारेमा पशुपालन गर्नेहरुमा जनचेतना नभएका कारणले आकर्षण थिएन । सुरुवाती अवस्थामा प्राविधिक कारणले पनि कृषकहरुले पशु बीमाको वास्तविकता बारे बुझेनन् । नेपालमा धेरै प्रकारका झुट खेति गर्ने काम भएकाले पनि मान्छेले पहिले पशु बीमालाइ नबुझेको हुनसक्छ । पछिल्लो समय के प्रमाणित भयो भने पहिले सोचेको जस्तो होइन रहेछ । बीमाबाट आफ्नो पशु चौपायको सुरक्षाको ज्ञारेन्टी हुने रहेछ भन्ने कुरा बुझेपछि अहिले पुशबीमामा कृषकहरुको आकर्षण राम्रो छ । 


बीमा पहूँचको विस्तारका लागि बीमा समितिको आगामी योजना के छन् ? 
वास्तबमा अहिले बीमाको पहूँच विस्तार अति आबश्यक छ । अहिले वित्तीय साक्षरता जस्तै बीमा साक्षरताको आबश्यकता बढेको छ ।  यी कुराहरु अभियानका रुपमा अगाडि बढाउनु पर्छ र बिभिन्न पाठ्यक्रमहरुमै राख्नुपर्छ भन्ने कुराहरु उठेका छन् । अहिले भइरहेका कुराहरु पर्याप्त मात्रामा पुगेको छैन । बीमामा अझ पहूँच विस्तार गर्न बीमा सम्बन्धि साक्षरता अभियान चलाउनु जरुरी छ । 


कृषि बीमा अन्तर्गतका बीमाहरुमा अझ आकर्षण बढाउन बीमा समितिले कस्तो अभ्यास गरेको छ ? 
कृषि बीमाको मुख्य जड भनेको प्राविधिक नै हो । बीमा गर्ने चाहाना हुँदाहुँदै पनि कतिपय मानिसहरुले प्राविधिकको कारणले गर्दा बीमा गर्न पाएका छैनन् । प्राविधिकले जाँचपास नगरेसम्म कृषि बीमा गर्ने प्रक्रिया पुरा हुँदैन । बीमा गर्ने प्रक्रिया पुरा नभएपछि बीमा कम्पनीहरुले त्यसको बीमा गर्दैनन् । अर्को कुरा बीमा गर्ने भन्दा पनि बीमा गर्ने बिधि बुझ्नु आवस्यक छ । बिधि बुझ्ने मान्छेहरुको कमीले गर्दा र प्राविधिक अभावले गर्दा बीमामा पहूँच साचे जस्तो विस्तार हुन सकेको छैन । जसले संगठीत रुपमा काम गरेका छन् र सुगम क्षेत्रमा कृषि फम खोलेर काम गरेका छन् उनीहरुले बीमा गरेका छन् । तर दुर्गम जिल्लाहरुका निर्वाहमूखी कृषि गर्नेहरुको बीमामा पहूँच छैन । विस्तारै व्यबसायीक हुँदै बीमा गर्दै गर्नेहरुको संख्या बढेको छ । नेपाल सरकारले पनि प्राविधिकहरुको वृद्धि गर्न पहल गरिरहेको छ । हामीले पनि कृषि बीमा अन्तर्गतका बालि बीमा तथा पशु बीमामा आकर्षण बढाउन तालिमको व्यवस्था गरेका छौं । अब विस्तारै बीमाको पहुँच बढ्छ भन्नेमा हामी आशावादी छौं । 

प्रविधि क्षेत्रमा बीमा भएको देखिँदैन, अहिलेको बीमा बजारमा ४ हजारको पशुमा बीमा हुन्छ, तर एकलाख पर्ने मोवाएलको बीमा हुँदैन, यी क्षेत्रलाई बीमाको दायरामा ल्याउन सकिँदैन ? 
बीमा सबै चिजको हुनु पर्छ । प्रविधिको पनि बीमा हुन्छ । मोवाइल, कम्प्युटर, सवारी साधन, उद्योग धन्दा कलकारखाना लगायत सबैको बीमा हुन्छ । जस्तो प्रविधिको बीमा सन्दर्भमा कुरा गर्दा प्रविधि जस्तै मोवाइल र कम्युटरको बीमा गर्न मानिसहरु उत्साहित छैनन्, किनभने प्रबिधिको बीमा गर्दा यसमा नक्कली क्लेम पर्छ भन्ने लाग्ने गरेको छ । यो राष्ट्रिय विषय हो । औषधि उपचारको बिषयमा ठूलै चर्चा भएको छ । त्यस कारण पनि बीमा कम्पनीहरु पछि सरेका हुन् । बीमा नहुँने भन्ने होइन बीमा चाँहि हुन्छ । तर समस्या, झन्झट र ढाँट्ने प्रबृतिले दुख दिन्छ जस्तो कि मोवाइलको बीमा भयो भने मोवाइल हरायो भने के गर्ने ? हराएको प्रमाण के हुन्छ ? यस कारणले पनि बीमा कम्पनीहरु यस्तो बीमा गर्न मान्दैनन् । उचित प्रमाणमा समस्या पर्ने हुँदा यस्ता बस्तुहरुको बीमा नभएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]