February 12th, 2017

७७ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरिँदै

नेपाल राष्ट्र बैंकले ७७ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार ९१ दिने अवधिको ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको हो । सोमबार ३ बजेसम्म अनलाइन बिडिङ सिस्टमबाट बोल गर्न सकिने बताइएको छ । ट्रेजरी बिलको निष्काशन मंगलबार हुने र जेठ २ गते सावाँ र व्याज फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ । 

यसअघि, राष्ट्र बैंकले माघ २४ गते २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिलका लागि बोल आह्वान गरेको थियो । जसमा दुई अर्ब ६५ करोड दुई लाख रुपैयाँको बोल परेको थियो । उक्त ट्रेजरी बिल आगामी बैशाख २४ गते परिपक्व हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]