नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले पाँच अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । विभागले व्याजकर बाहेक ८.५ प्रतिशत व्याजदरमा पाँच वर्षे अवधिको बचतपत्र निष्काशन गर्न लागेको हो । हरेक छ महिनामा व्याज दिइने र ०७८ फागुन २७ गते सावाँ फिर्ता गरिने बचतपत्र आगामी फागुन १ गतेदेखि २२ गतसम्म खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । फागुन २७ गते निष्काशन गरिने बचतपत्रमा घटिमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् ।