February 4th, 2017

पुनः २५ करोडको ट्रेजरी बिल विक्री गरिँदै

आगामी सोमबार अर्थात माघ २४ गते २५ करोड एक लाख रुपैयाँको ट्रेजरी विल विक्री गरिने भएको छ । नेपाल राष्ट्र बैंकले अघिल्लोपटक विक्री नभएको एक लाखमा २५ करोड रुपैयाँका नयाँ थप गरी ९१ दिने अवधिका लागि ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार अपरान्ह ३ बजेभित्रमा अनलाइन विडिङ सिस्टमबाट बोल गर्नुपर्नेछ । भोलिपल्ट अर्था मंगलबार उक्त ट्रेजरी बिल जारी गरिनेछन् । आगामी वैशाख २६ गते उक्त ट्रेजरी बिल खरिद गरेको रकम व्याजसहित फिर्ता हुनेछ । 

राष्ट्र बैंकले यसअघि गत सोमबार पनि पूरानो एक लाख र नयाँ २५ करोड गरी कुल २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसका लागि दुई अर्ब ३० करोड दुई लाख रुपैयाँको बोल परेको थियो । ९१ दिने अवसधको सो ट्रेजरी बिल आगामी बैशाख १९ गते परिपक्व हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]