January 18th, 2017

आर्थिक वर्ष २०७३/७४ को पहिलो पाँच महिनामा यस्तो रह्यो देशको आर्थिक तथा वित्तीय स्थिति

समष्टिगत आर्थिक परिदृश्य 
१. आर्थिक वर्ष २०७४ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धि लक्ष्य अनुरुप रहने देखिएकोछ  । अनुकूल मौसम, उर्जा आपूर्तिमा सुधार, पुनरनिर्माण कार्यमा तिव्रताको अपेक्षा तथा दिगो विप्रेषण आप्रवाह वृद्धि सुधारोन्मुख आर्थिक परिदृश्यका आधारका रुपमा रहेका छन् । 
२. कृषि क्षेत्रको वृद्धिदर अपेक्षा गरिएभन्दा उच्च रहने देखिएकोले आर्थिक वर्ष २०७४ मा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अनुमान छ । नेपाल सरकार, कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको वर्षे बालीहरुको उत्पादन विवरण अनुसार यस वर्ष धानको उत्पादन करीब २१.७ प्रतिशतको उल्लेख्य दरले वृद्धि हुने अनुमान छ । कृषि क्षेत्रको उत्पादनमा २०.८ प्रतिशत हिस्सा रहेको धानको उत्पादनमा हुने उपरोक्त वृद्धिबाट समग्र कृषि क्षेत्रको उत्पादन उत्साहजनक रहने देखिएको छ । 
३. चालु आर्थिक वर्ष २०७४ मा उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशतको लक्ष्य भित्रै रहने अनुमान छ । वर्षे बालीहरुको उत्पादनमा उच्च वृद्धि, आपूर्ति अवस्थामा सहजता तथा भारतीय मुद्रास्फीतिमा कमीका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान छ । 
४. खासगरी वाणिज्य बैंकहरुको खराव कर्जा अनुपात अत्यन्त न्यून २ प्रतिशतभन्दा कम रहे अनुसार खराब कर्जाको लागि व्यवस्था थोरै राख्नु पर्ने अवस्था र सम्भावित उच्च नाफा जस्तो विशेषतायुक्त वित्तीय क्षेत्र स्थायित्व हाल कायम रहेको स्थिति भविष्यमा यथावत कायम राख्ने कार्य भने चुनौतीपूर्ण हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०.४ प्रतिशतले बढेकोमा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा शेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढ्नु चासोको विषय हो । यस्तो अवस्थामा उत्पादनमुलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्पm उन्मुख हुन सक्दछ । तसर्थ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुले विवेकशील एवम्सावधानीपूर्ण तवरले कर्जा प्रवाह गर्नु पर्ने देखिन्छ । 
५. वाह्य क्षेत्रतर्फ, आयातमा भइरहेको उच्च वृद्धिले शोधनान्तर बचतमा चाप पर्ने देखिए तापनि दिगो विप्रेषण आप्रवाह वृद्धि तथा वैदेशिक सहयोग परिचालनबाट शोधनान्तर स्थिति बचतमै रहने अनुमान छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
६. २०७३ मंसिर महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ३.८ प्रतिशतमा ओर्लेको छ । २०७२ मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ११.६ प्रतिशत रहेको थियो । 
७. गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सहजता तथा भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएको कारण पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा निरन्तर कमी आइरहेको छ । 

खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १४.८ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतकोघ्यू तथा तेलको मूल्यमा २०.५ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, फलफूलको मूल्यमा २.४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.१ प्रतिशतले घटेकाले समग्र खाद्य मुद्रास्फीतिमा कमी आएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १४.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.६ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
९. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात तथा संचारको मूल्य वृद्धिदर गतवर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
१०. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.६ प्रतिशत, तराई तथा हिमाल दुबैमा समान ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.४ प्रतिशत, तराईमा १०.२ प्रतिशत, हिमालमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा १३.२ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
११. २०७३ मंसिर महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ भने नेपालको मुद्रास्फीति ३.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ११.६ प्रतिशत र ५.६ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६ प्रतिशत रहेको थियो । पछिल्ला महिनाहरुमा नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर उल्लेख्य रुपले घटेको छ । 

थोक मुद्रास्फीति 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.९ प्रतिशत रहेको थियो । थोक मूल्यअन्तर्गत आयातीत वस्तुहरूको मूल्यमा ०.६ प्रतिशतले कमी आएको तथा कृषिजन्य वस्तुहरू (३.५ प्रतिशत) तथा स्वदेशमा उत्पादित वस्तुहरु (४.७ प्रतिशत) को मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले थोक मुद्रास्फीति उल्लेख्य दरले घट्न गएको हो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१३. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.५ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः १३.८ प्रतिशत, १३.५ प्रतिशत र १२.२ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र

वैदेशिक व्यापार 
१४. आर्थिक बर्ष २०७४ कोपहिलोपाँच महिनासम्ममा कुल वस्तु निर्यात १७.१ प्रतिशतले वृद्धि भई रु. ३० अर्ब ६३ करोड पुगेको छ । यद्यपि यो निर्यात आर्थिक वर्ष २०७१/७२ को सोही अवधिको तुलनामा कम हो । 
१५. देशगत आधारमा चीनतर्फको निर्यात अघिल्लो वर्षको ६६.३ प्रतिशतको ह्रासको विपरीत समीक्षा अवधिमा ५५.३ प्रतिशतले वृद्धि भएकोछ । तथापि चीनतर्फको निर्यातको आधार भने सानो रहेको छ । समीक्षा अवधिमा भारततर्फको निर्यात २२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फको निर्यात ३९.२ प्रतिशतले घटेको थियो । अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ६.९ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ८.९ प्रतिशतले बढेको छ । 
१६. वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतका वस्तुहरुको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१७. समीक्षा अवधिमा कुल वस्तु आयात ७८.९ प्रतिशतले बढेर रु. ३८२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले घटेको थियो । 
१८.देशगत आधारमा भारतबाट भएको आयात १०५.८ प्रतिशत, चीनबाट भएको आयात ४३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४३.८ प्रतिशतले बढेको छ । 
१९. वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । 
२०. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय र भैरहवा भन्सार कार्यालय नाकाहरुबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार कार्यालय र मेची भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
२१. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८७.६ प्रतिशतले बढी रु. ३५२ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.२ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकाङ्क 
२२. आर्थिक वर्ष २०७४ को पहिलो पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १२.३ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ०.३ प्रतिशतले कमी आएकोले व्यापारको सर्तमा १२.६ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २२ प्रतिशतले बढेको थियो । यार्सागुम्बा, कार्पेट, पश्मिना, जुटका सामान, अलैचीको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने टायर, सि.आर.टि. टेलिभिजन, पोलिष्टर धागोको आयातीत मूल्यमा कमी आएको कारण आयात मूल्य सूचकाङ्कमा कमी आएको हो । 

सेवा 
२३. समीक्षा अवधिमा कुल सेवा आय ९.५ प्रतिशत र कुल सेवा खर्च ९ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ३ अर्ब ४ छ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३०.५ प्रतिशतले वृद्धि भई रु. २२ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १५.३ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
२४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले वृद्धि भई रु. २८७ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले वृद्धि भएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा कमी आउनुका साथै भारतीय अमौद्रिकीकरणको कारण यसतर्फबाट प्राप्त हुने विप्रेषणमा कमी आएकोले कुल विप्रेषण आप्रवाहको वृद्धिमा केही कमी आएको हो । 
२५. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ को पाँच महिनामा गत वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.६ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
२६. अघिल्लो बर्षको पाँच महिनामा रु. १४९ अर्ब १३ करोडको उच्च बचतमा रहेको चालूखाता समीक्षा अवधिमा वस्तु आयात घाटा उच्च दरले बढेको कारण रु. ३ अर्ब ४९ करोडले बचतमा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पाँच महिनासम्ममा रु. १२८ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. २८ अर्ब ७८ करोडले बचतमा रहेको छ । 
२७. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. ५ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ६ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ६ अर्ब ७८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ९२ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२८. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३.६ प्रतिशतले वृद्धि भई २०७३ मंसिर मसान्तमा रु. १०७६ अर्ब ८४ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ मंसिर मसान्तमा २.९ प्रतिशतले वृद्धि भई रु. ९१२ अर्ब ८६ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ७.७ प्रतिशतले वृद्धि भई रु. १६३ अर्ब ९८ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.९ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२९. आर्थिक वर्ष २०७४ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.३ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.९ प्रतिशत, १०३.५ प्रतिशत र ४५.१ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
३०. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७२ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३७.६६ रहेकोमा २०७३ मंसिर मसान्तमा ३७.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५१.७२ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७२ मंसिर मसान्तमा प्रति आउन्स अमेरिकी डलर १०६१.५० रहेकोमा २०७३ मंसिर मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर ११२६.९५ पुगेको छ । 
३१. २०७३ असार मसान्तको तुलनामा २०७३ मंसिर मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०७३ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०७.७० पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
३२. आर्थिक वर्ष २०७४ को पा“च महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५२ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ३२ अर्ब ८१ करोड रहेको थियो । 

सरकारी खर्च 
३३. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ८२.५ प्रतिशतले वृद्धि भई रु. १९४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ९ प्रतिशतले घटेको थियो । 
३४. समीक्षा अवधिमा चालू खर्च ९३.५ प्रतिशतले बढेर रु. १६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १२.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. २० अर्ब ६७ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ८ अर्ब ५२ करोड भएको थियो । आर्थिक वर्ष शुरु हुनुभन्दा एक महिना पन्ध्र दिन अगावै बजेट प्रस्तुत भई समयमै विनियोजन विधेयक पास भएकोले चालू तथा पूँजीगत  खर्च बढ्न गएको हो । तर सरकारी खर्चको विभिन्न शिर्षकमा भएको खर्च वार्षिक अनुमानको तुलनामा निकै कम रहेको छ । 

सरकारी राजस्व 
३५. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ८४ प्रतिशतले वृद्धि भई रु. २०७ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व २०.६ प्रतिशतले घटेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तशुल्क लगायतका राजस्वका शीर्षकहरु उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात 
३६. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ मंसिर मसान्तमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. १९९ अर्ब १४ करोड नगद मौज्दात कायम रहेको छ । मौद्रिक तथा वित्तीय स्थिति मुद्राप्रदाय ३७. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १७.६ प्रतिशतले बढेको छ । 
३८. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. २८ अर्ब ७८ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १२८ अर्ब ११ करोडले बढेको थियो । 
३९. समीक्षा अवधिमा सञ्चित मुद्रा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ मंसिर मसान्तमा उक्त मुद्रा ६.८ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
४०. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ मंसिर मसान्तमा यस्तो कर्जा २४.४ प्रतिशतले बढेको छ । 
४१. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७३ मंसिर मसान्तमा ३०.४ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.६ प्रतिशतले बढेको छ । २०७३ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ४२.९ प्रतिशत र ३१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९ प्रतिशत, ४३.४ प्रतिशत र २९.३ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ९.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ९.८ प्रतिशत र विकास बैंकहरुको १२.१ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ७.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा (पाकेको ब्याज बाहेकको) ३१.३ प्रतिशतले बढेको छ । 
४४. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ९.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ८ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १०.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ । 
४५. २०७३ मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.१ प्रतिशत र १२.५ प्रतिशत रहेको थियो । 
४६. २०७३ असार मसान्तको तुलनामा २०७३ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा विस्तार भएको छ । 
४७. २०७३ मंसिरसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (रु. ३८ अर्ब ५४ करोड) छ । 
४८. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशत (रु. ५ अर्ब ७३ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले घटेको थियो । 

तरलता व्यवस्थापन 
४९. आर्थिक वर्ष २०७४ को पाँच महिनासम्ममा यस बैंकले रु. ९४ अर्ब २५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् कुल रु. ३१ अर्ब ५० करोड (चालू आर्थिक वर्षदेखि शुरु गरिएको ब्याजदर कोरिडर अन्तर्गतको दुई हप्ते निक्षेप बोलकबोल मार्फत् रु. २६ अर्ब ४५ करोड समेत) र रिभर्स रिपोमार्पmत् (टर्नओभरको आधारमा) रु. ६२ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् रु. १८३ अर्ब ४० करोड, रिभर्स रिपोमार्पmत्रु. ८५ अर्ब ३० करोड र सोझै बिक्री बोल–कबोलमार्फत् रु. ९ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 
५०. आर्थिक वर्ष २०७४ को पाँच महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६४ करोड खुद खरिद गरी रु. १७५ अर्ब ७७ करोड तथा रिपो बोलकबोलमार्फत् रु. १० अर्ब १ करोड (चालू आर्थिक वर्षदेखि शुरु गरिएको ब्याजदर कोरिडर अन्तर्गतको दुई हप्ते रिपो बोलकबोलमार्फत् रु. १ करोड समेत) गरी कुल रु. १८५ अर्ब ७८ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८८ करोड खुद खरिद गरी रु. १९६ अर्ब ८३ करोड खुद तरलता प्रवाह भएको थियो । 
५१. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ५६ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी रु. १७८ अर्ब ६७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ६ करोड बिक्री गरी रु. १११ अर्ब १६ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनर्कर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा 
५२. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ३ अर्ब १ करोड र निर्यात कर्जा रु. ३७ करोड गरी कुल रु. ३ अर्ब ३८ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. १ अर्ब ५४ करोड र निर्याततर्फ रु. १६ करोड गरी जम्मा रु. १ अर्ब ७० करोड पुनरकर्जा उपयोग भएको थियो । 
५३. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ मंसिर मसान्तसम्म कुल १२१ जनालाई रु. २५ करोड ४९ लाख कर्जा प्रवाह भएको छ । 
५४. यस बैंक अन्तर्गत संचालन हुने गरी स्थापना भएको पुनरुद्धार कोषमा नेपाल सरकारको तर्फबाट ब्याज अनुदान खातामा रु. २ अर्ब ७५ करोड र पुनरकर्जा खातामा रु. २ अर्ब २५ करोड जम्मा भएको छ । 
५५. तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने नेपाल सरकारको नीतिगत व्यवस्था अन्र्तगत २०७३ असोज मसान्तसम्ममा ३९९६ जना किसानहरूले रु. ४ अर्ब ८० करोड कर्जा उपयोग गरेका छन्। यस व्यवस्था अन्तर्गत रु. ९ करोड ७५ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 
५६. वाणिज्य बैंकहरूले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.२१ प्रतिशत रहेको छ । ५७. वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशत कर्जामध्ये २ प्रतिशत कर्जा प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्था अन्तर्गत २०७३ असोज मसान्तसम्ममा यी बैंकहरुले विपन्न वर्गमा प्रवाह गरेको कर्जा प्रत्यक्ष लगानी १.२ प्रतिशत सहित कुल कर्जाको ५.६ प्रतिशत रहेको छ । 

अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग 
५८. आर्थिक वर्ष २०७४ को पाँच महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ४८६ अर्ब ७० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. १५१ अर्ब ८८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ३१७ अर्ब ५२ करोड र रु. ३० अर्ब ७८ करोडको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले रु. १० अर्ब ५ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 

ब्याजदर 
५९. २०७२ मंसिरको तुलनामा २०७३ मंसिरमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर बढेको छ । २०७२ मंसिरमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.४८ प्रतिशत रहेकोमा २०७३ मंसिरमा २.३४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ मंसिरको ०.८२ प्रतिशतको तुलनामा २०७३ मंसिरमा २.६७ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ मंसिरको १.५० प्रतिशतको तुलनामा २०७३ मंसिरमा ५.२२ प्रतिशत रहेको छ । 
६०. २०७३ मंसिरमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मंसिरमा यस्तो ब्याजदर अन्तर ६.०७ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ मंसिरको ६.९१ प्रतिशतको तुलनामा २०७३ मंसिरमा ६.७८ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
६१. वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । २०७३ मंसिर मसान्तसम्ममा कुल १२० वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ७९ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४१ संस्था कायम रहेका छन् ।

शाखा पुनःस्थापना 
६२. नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका द्वन्दकालमा विस्थापित भएका ३१८ शाखाहरुमध्ये २०७३ मंसिर मसान्तसम्म १४९ शाखा पुनस्र्थापित भएका छन् । 

पुँजी बजार 
६३. नेप्से सूचकाङ्क २०७३ कार्तिक मसान्तको १,७०१.९ विन्दुबाट २०७३ मंसिर मसान्तमा १,५३०.१ विन्दुमा ओर्लेको छ । २०७२ मंसिर मसान्तको १,१२१.० विन्दुको तुलनामा भने नेप्से सूचकाङ्कमा ३६.५ प्रतिशतको वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि योजना तथा सेयर कारोबार प्रणालीमा भएको सुधार लगायतले नेप्से सूचकाङ्क बढेको हो । 
६४. आर्थिक वर्ष २०७४ को पहिलो पाँच महिनामा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६४.९ प्रतिशतले वृद्धि भई रु. १०६ अर्ब १५ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको, चालू आर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको तथा नेप्से सूचकाङ्कमा ठूलो वृद्धि भएका कारण कुल कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो । 
६५. आर्थिक वर्ष २०७४ को पहिलो पाँच महिनामा नेपाल धितोपत्र बोर्डले १० वटा कम्पनीहरुलाई रु. ७ अर्ब ६६ करोड बराबरको ३ करोड ५० लाख कित्ता सेयर प्राथमिक निष्कासन (थप निष्कासनसहित) का लागि अनुमति दिएको छ । त्यसैगरी, हाल १० वटा कम्पनीका रु. ४८ करोड ५५ लाख बराबरको ५० लाख ९१ हजार कित्ता सेयर बोर्डको स्वीकृतिका लागि प्रक्रियामा रहेका छन् । स्रोत : नेपाल राष्ट्र बैंक


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]