March 15th, 2016

यी हुन् विश्वका मजबुत ५ मुद्राहरु

विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर प्रयोग हुने मजबुत ५ मुद्राहरुको बारेमा जानकारी दिने कोशिस गरेको छ ।  

१.अमेरिकन डलर
dollarअमेरिकन डलर संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा हो । जसरी नेपालमा १ रुपैयाँमा १०० पैसा हुन्छ, त्यसरी नै अमेरिकामा एक डलरमा १०० सेन्ट हुन्छ । अर्थात् १०० सेन्टको १ डलर हुन्छ । अमेरीकामा ५० सेन्टको सिक्कालाई आधा डलर भनिन्छ भने पच्चीस सेन्टको सिक्कालाई ‘क्वार्टर’ भनिन्छ । अमेरिकामा १० सेन्टको सिक्कालाई ‘डाइम’ भनिन्छ भने, पाँच सेन्टको सिक्कालाई  ‘निकल’ भनिन्छ ।  त्यस्तै अमेरीकामा एक सेन्टलाई १ पेन्नी पनि भनिन्छ । अमेरीकी डलरको नोट १, ५, १०, २०, ५० र १०० मा उपलब्ध छ ।

२. यूरो
uroयूरो करेन्सी अमेरिकी डलर पछि संसारमा सबैभन्दा बढी कारोबार हुने करेन्सी हो । यो करेन्सीको नाम ‘यूरो’ भनेर १६ डिसेम्बर १९९५ मा राखिएको थियो । यूरो दुनियाँको सबै भन्दा बढी रिजर्व करेन्सी पनि हो । यूरोपियन संघको २८ मध्ये १८ सदस्य देशको मुद्रालाई यूरो भनिन्छ । यी देशलाई सामुहिक रुपमा यूरोजोन पनि भनिन्छ । जसमा अस्ट्रिया, बेल्जियम, साइप्रस, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्याण्ड, इटली, लग्जम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोर्चुगल, लगायतका देशहरु पर्दछन् ।

३. येन
yenयेन जापानको आधिकारिक मुद्रा हो । डलर र यूरो पछि विदेशी विनिमय बजारमा सबै भन्दा बढि चल्ती हुने करेन्सीको रुपमा जापानी येनलाई लिईन्छ । डलर, यूरो र पाउण्ड पछि यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । जापानी भाषामा येन को मतलब राउण्ड अर्थात् (गोल) भन्ने बुझिन्छ ।

४. पाउण्ड
poundपाउण्ड ब्रिटेनको आधिकारिक मुद्रा हो । चाँदीको एक पाउण्ड भारको आधारमा पाउण्ड नामाकरण गरिएको हो । यो एक लेटिन शब्द लिब्राको अंग्रेजी ट्रान्सलेसन हो । लिब्रा रोमन साम्राज्यमा कुनै चीजको आयतन नाप्ने एक एकाइको रुपमा प्रयोग गरिन्थ्यो । एक पाउण्डमा १०० पेनी हुन्छ । यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । विदेशी विनिमय बजारमा डलर, यूरो र येन पछि पाउण्ड चौथो बढी कारोबार हुने मुद्रा हो । मुख्यगरी यो मुद्रा यूनाइटेड किंगडम (पाउण्ड स्टरलिङ)को रुपमा चलन चल्तीमा छ । 

५. युआन
youaanयुआन चीनको आधिकारिक मुद्रा हो । हङकङ र मकाओमा भने यो मुद्रा चलनमा छैन । युआनको नोट १ युआन देखी १०० सम्ममा उपलब्ध छ । यसको रंग तथा आकार पनि फरक फरक छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]