August 30th, 2016

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट खिच्ने भएको छ । राष्ट्र बैंकले सात दिने रिभर्स रिपोमार्फत सो अनुपातको तरलता प्रशोचन गर्न लागेको हो । बुधबार दिउँसो ३ बजे जारी गरिने उक्त रिभर्स रिपो आगामी भदौ २२ गते परिपक्व हुनेछ । अनलाइन विडिङ प्रणालीबाट मात्रै बोलकबोल गर्न पाइने उक्त रिभर्स रिपो खरिदमा क, ख र ग वर्गका बैंकहरुले सहभागीता जनाउन पाउनेछन् । नेपाल राष्ट्र बैंकले बजारमा तरलता (लगानीयोग्य पुँजी) बढी हुँदा प्रशोचन गर्ने र कम हुँदा बजारमा पठाउने गरेर तरलतामा सन्तुलन कायम गर्ने गर्दछ ।

reverse ripo


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]