February 18th, 2016

सिरानी मुनीको पैसा बोकेर महिलाहरु बैंकतिर

rupesडोटी जिल्लाका ग्रामीण महिलाहरु वित्तीय सेवातर्फ आकर्षित हुन थालेका छन् । गाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरुले वित्तीय संस्थामा रकम जम्मा गर्न थालेका हुन् । मर्सिकोर नेपालले बिगत ४ बर्ष देखि प्रोमिस तथा सफल परियोजना मार्फत सहकारी संस्थाको संस्थागत बिकास तथा बित्तिय साक्षरता कक्षा संचालन गरेपछि महिलाहरु बचत गर्ने बानीको बिकास, ऋणको सदुपयोग गर्ने, पारिवारीक ब्यवसायिक योजना बनाउने र सहकारी संस्थाको शेयर सदस्य बन्न थालेको मर्सिकोर नेपाल सफल परियोजनाका परियोजना अधिकृत हेमराज भट्टले बताए ।  डोटीस्थित बारपाटा गाबिस वडा नं. ६ की खिमादेबी बलायर पहिलो पटक बारपाटा बचत तथा सहकारी संस्था लिमिटेडको शेयर सदस्य बनेकी छिन् । आफ्नो गाउंमै संचालन भएको बित्तिय साक्षरता कक्षामा १ महिना सम्म सहभागि बनेपछि शेयर सदस्य बन्ने निर्णय गरेको खिमाले बताईन् । सोही गाबिसकी भागरथी बिष्ठ पनि बित्तिय साक्षरता कक्षामा सहभागि भएपछि मात्र बचतको महत्व, ऋणको सदुपयोग, बिमा, पारिवारीक ब्यवसायिक योजना सम्बन्धि ज्ञान पाएको बताइन् । अहिले भागरथीले आफ्ना श्रीमानलाई पनि सहकारीको शेयर सदस्य बनाई दुबै जनाले सहकारीमा १०० मासिक बचत गर्न शुरु गरेका छन् ।  खिमा र भागरथीजस्ता गाउँका थुप्रैले वित्तीय साक्षरता कार्यक्रमको प्रभावस्वरुप वित्तीय सेवा लिन सुरु गरेका छन् । 

मर्सिकोर नेपालको तथ्यांक अनुसार हाल सम्म जिल्लाका बिकट गाबिसमा संचालित ९५ वटा बित्तिय साक्षरता कक्षाहरुबाट ९२ जना पुरुष र २ हजार १ सय २९ जना महिलाहरुलाई बित्तिय सम्बन्धि ज्ञान दिईएको छ । यसै गरि मर्सिकोर नेपालद्धारा संस्थागत बिकासमा सहयोग गरिएका २८ गाबिसका ३२ सहकारीमा सदस्य संख्याहरु पनि उल्लेख्य रुपमा बृद्धि भएका छन । हाल सम्म २ हजार ३ सय ९४ पुरुष र ५ हजार ७ सय ५८ महिलाहरु गरि जम्मा ८ हजार १ सय ५२ जना सहकारी संस्थामा आबद्ध भएको मर्सिकोर नेपाल डोटीले जनाएको छ । सहकारी संस्थाहरुमा १ करोड ३५ लाख ४७ हजार ५८० बचत भएको छ भने ३ करोड ९८ लाख ४२ हजार ९७३ ऋण लगानी भएको जनाइएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]