August 26th, 2016

चुक्तापुँजी नजिक दश विकास बैंकहरु

coinअघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको बाध्यकारी व्यवस्था लागु गरेपछि विकास बैंकहरुले त्यसप्रति खुब असन्तुष्टि जनाए । त्यतिबेला उनीहरुलाई चुक्ता पुँजी पुर्याउन कठिन हुने लागेको थियो । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका  विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड हुनुपर्ने छ । त्यसका लागि बैंकहरुले गाभिने, एक्वायरमा जाने वा हकप्रद सेयर जारी गर्नेलगायतका काम गरिरहेका छन् । झण्डै तीन वर्षको समयावधिमा चुक्ता पुँजी पुर्याउन १९ वटा विकास बैंकहरुले मर्जरको बाटो रोजेका छन् । ७१ वटा विकास बैंकहरु अहिले ६७ को संख्यामा संचालनमा जहाँ २३ वटा राष्ट्रिय स्तरका विकास बैकहरु छन् । तीमध्ये अझै केही बैंक मर्जरको प्रक्रियामै छन् ।
तर पछिल्लो वित्तीय अवस्थालाई नियाल्ने हो भने झण्डै एक दर्जनको संख्यामा रहेका विकास बैंकहरु मर्जरमा नगई चुक्ता पुँजी पुर्याउन सक्ने देखिएका छन् ।
 
१. कैलाश विकास बैंक
चुक्ता पुँजीको हिसाबले पनि यो बैंक पहिलो नम्बरमा छ । त्यस्तै नाफाका हिसाबले पनि कैलास बैंक नै पहिलो नम्बरमा देखिएको छ । १ अर्ब ५८ करोड रुपैयाँ रहेको यस बैंकले आर्थिक वर्ष २०७२÷०७२ मा ४३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । तर यस बैंकको खराब कर्जा सबैभन्दा अलि धेरै देखिन्छ । यद्यपी नाफा र चुक्ता पुँजी दुवैका आधारमा यस बैंकलाई २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनका लागि कुनै समस्या देखिदैन ।

२. यति विकास बैंक
यो बैंकको चुक्ता पुँजी हाल १ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्ष ३६ करोड २९ लाख खुद नाफा कमाएको यो बैंक पनि मर्जरबिनै चुक्ता पुँजी पुर्याउन सक्ने बैंकको रुपमा देखिएको छ । यस बैंकले १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको मात्रामा ४.१७ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ छ ।

३. मुक्तिनाथ विकास बैंक
८३ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकको केन्द्रीय कार्यालय पोखरामा छ । यस बैंकको वित्तीय अवस्था पनि राम्रो देखिन्छ । आर्थिक वर्ष २०७२÷०७२ मा यस बैंकले ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात ०.१९ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ८२ रुपैयाँ छ । यस बैंकको चुक्ता पुँजी, वित्तीय अवस्था र नाफालाई नियाल्दा चुक्ता पुँजी पुर्याउन सम्भावना बोकको बैंक हो ।
 
४. सिद्धार्थ डभेलपमेन्ट बैक  
यस बैंकको हालको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ हो । गत आवमा यस बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । १२ अर्ब ३२ करोड निक्षेप संकलन गरी १० अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले प्रवाह गरेको खराब कर्जाको मात्रा २.४१ प्रतिशत छ । यो बैंक पनि राष्ट्र बैंकले दिएको तार्गेट नजिक देखिन्छ ।
 
५. ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । यस बैंकले गत आवमा ३२ करोड ७६ लाख रुपैयाँ नाफा कमायो । यस अवधिमा यो बैंकले ११ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जाको अनुपात ०.७८ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ छ । यो बैंकले पनि केही मेहनत गर्दा नयाँ व्यवस्था अनुसारको चुक्ता पुँजी नजिकै देखिन्छ ।
 
६. फेवा विकास बैंक
चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ यस बैंक गत आर्थिक वर्षमा ३० करोड ५ लाख रुपैयाँ कमाउन सफल भएको बैंक हो । बैंकले ११ ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको मात्रा ०.५४ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ छ ।
 
७. काष्ठमण्डप डेभलपमेन्ट बैंक
काष्ठमण्डप डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ । यस बैंकले गत आवमा ३० करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकले ६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रजाह गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जाको अनुपात ०.९३ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ४४ रुपैयाँ छ ।
 
८. रिलायवल डेभलपमेन्ट बैंक
चुक्ता पुँजी ७८ कारेड ८५ लाख रुपैयाँ रिलायवल डेभलपमेन्ट बैंकले पनि राम्रै नाफा कमाएको छ । यस बैंक २६ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको छ । यस अवधिमा बैंकले ८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये २.०८ प्रतिशत छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ छ ।
 
९. एस डेभलपमेन्ट बैंक
एस डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हो । गत आवमा यस बैंकले २५ करोड २६ लाख रुपैयाँ कमाएको छ । यस अवधिमा बैंकले ७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात १.५१ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ ।
 
१०. गरिमा विकास बैंक
गरिमा बैंकको चुक्ता पुँजी ८५ करोड ३२ करोड रुपैयाँ छ । गत आवमा यस बैंक २२ करोड ३७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । सो अबधिमा बैंकले ९ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेको कर्जामध्ये ०.३० प्रतिशत छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ छ ।

यी दश बैंकहरुको चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिसेयर आम्दानी, सेयर मूल्य, सम्पत्तिमाथिको प्रतिफललगायतका विषयलाई विश्लेषण गर्दा यी विकास बैंकहरु चुक्ता पुँजीको नजिक देखिन्छन् । यद्यपी यीमध्ये केही बैंकहरुले अझै निकै मिहेनत गर्नुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]