February 17th, 2016

२५ वर्षयताको नेपाल १ सय ५८ पार्टी थपिए, ३ हजार उद्योग बन्द भए

surendra-kcप्रा. डा. सुरेन्द्र केसी, अनेकौँ घुम्ती उहापोह र दुर्घटना झेल्दैै नेपाली राजनीति फेरी नयाँ चरीत्रको संक्रमणको दुश्चक्रमा फस्दै गएको अवस्था छ । नेपाली जनताले चिर प्रतिक्षा गरेको संविधानसभा र  देशले पाउने संविधानपछि राष्ट्र दशकौँ पुरानो संक्रमणबाट मुक्त हुने तथा देशवासीले सुशासन, दिगो शान्ती र समृद्धिको गन्तव्य पाउने आशाको विपरीत मधेश आन्दोलनको नामबाट क्रुर, भयावह र अमानविय नाकाबन्दी खेप्न विवश हुनुपरेको वर्तमान अवस्थामा नेपालीले दुर्दान्त नियती भोग्नुपरेको छ । वैशाख १२ र त्यसपछिका झण्डै २१ हजारभन्दा बढि पराकम्पनहरुले सिंगो नेपाललाई सन्त्रस्त पारिरहेको छ, भने त्यसको चपेटामा देशले खरबौ रकम गुमाईसकेको छ । साविक २३ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनीको संख्यामा २.५ देखि ३.५ प्रतिशतले बृद्धि हँुदा यसले झण्डै ७ लाख र पछिल्लो नाकाबन्दीले अर्को ८ लाख गरी हालसम्म १५ लाख नेपालीहरुलाई निरपेक्ष गरिबीको दुष्चक्रमा धकेलीसकेको अवस्था छ । यद्यपी देश र देशबासीले कहिलेसम्म यस नियतीलाई व्यहोर्न पर्ने हो भन्ने कुराको कुनै छेकछन्द छैन ।  

 

पृष्ठभूमि हेर्दा ३७ वर्षपछि आर्थिक वर्ष २०७२/०७३ नेपालको आर्थिक वृद्धि ऋणात्मक हुने देखिएको छ । जुन माओवादी विद्रोह लगायतका तत्कालिन ०४५/०४६ सालको जस्तै कठिनतम् नाकाबन्दी र प्रतिकुल अवस्था एवम् बन्द इत्यादिको कठोरतम अवस्थामा पनि व्यहोर्नुपरेको थिएन । यसपटकको सांघातिक मधेसी बबण्डरले देशलाई आर्थिक रुपमा उठ्न नसक्ने गरी नेपाल र नेपालीलाई ५० वर्षपछि धकेलिदिएको प्रष्टै छ । देशको राजनीति र  शान्तिप्रक्रियामा हामी नराम्ररी चुकेका छौँ । आखीर कुन बिन्दुमा हामी चुक्यौँ त ? नेताहरुको सत्तालिप्सा, स्वार्थी र आत्मकेन्द्रित सत्ताखेल अनि मूल्यहिन राजनीतिक अभ्यासकै कारण मुलुक आजको दुरावस्था खेप्न विवश बनेको हो । फलस्वरुप २००७  लाई एउटा दशक मान्दा देशले हालसम्म १३ सय मन्त्री पायो भने २०४७ यताको २५ वर्षभित्र मात्रै देशले ३ हजार बढी उद्योगहरु गुमाउनुप¥यो । त्यहि अवधिमा झण्डै २० वटा राजनीतिक दलहरुको संख्या १७८ मात्र पुगेन, राजनीति स्वयम्ले आफ्नो धर्म बिर्सन विवश हुनुपरेको छ । द्ध्रन्द्ध र सोको व्यवस्थापनको दृष्टिले हेर्दा नेपाली समाजमा सोको स्थिती प्राचीनकालदेखि नै जारी रहँदै आएपनि २००७ लाई एउटा आरम्भ दशक मान्दा पनि नेपाली समाजका द्धन्द्ध र समाधानका आधार, तरीका र अन्तर्वस्तु हालसम्म पनि निक्र्यौल हुन नसक्नु विडम्बना हो । यस सन्र्दभमा के भन्न सकिन्छ भने वर्तमानमा नेपालको राजनीति र शान्ति प्रक्रियाको प्रश्न भनेकै असहज परिस्थितीलाई उचित निकास दिई देशमा अमनचयन, सुशासन र दिगो शान्ति स्थापना गरी राष्ट्रिय समृद्धि कसरी हासील गर्न सकिन्छ भन्नेमा नै हुनुपर्ने देखिन्छ  ।  विजनेससन्सारबाट 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]