February 15th, 2016

अझ फराकिलो हुँदै प्रभु बैंक ! ‘ग्राण्ड बैंक’ औपचारिक रुपमै विलय

prabhu-bank-5-1राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारबाही भोगेको क बर्गको ग्राण्ड बैंक औपचारिक रुपमै प्रभु बैंकमा गाभिएको छ । एक्वीजीसन प्रकृयाबाट सुरु भएको गाभिने प्रकृया मर्जरमा टुंगीएर गाभिएको हो । माघ २९ गतेबाट ग्राण्ड बैंक र प्रभु बैंकबीच संयूक्त कारोबार ‘प्रभु बैंक’ का नामबाट सुरु भएको छ । अब ग्राण्ड बैंकको १५ वर्षको बैंकिङ यात्रा औपचारीक रुपमै समाप्त भएको छ ।  म्यानेजमेन्टको खरावीका कारण उक्त बैंक केहीबर्षयता डुवेको बैंकका रुपमा चिनिएको थियो । तर पछिल्लो समय प्रभु बैंकमा गाभिने भएपछि भने बैंकले नाफा कमाउन सफल भएको थियो । प्रभु बैंकको नाममा मर्जर हुँदा ग्रान्ड बैंकको सेयरलाई प्रति कित्ता ६५ रुपैयाँ ५८ पैसा र  प्रभु बैंकको एउटा सेयरको मूल्य १२१ रुपैयाँ ४५ पैसा कायम गरिएको थियो । मर्जरपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

सबैभन्दा धेरै शाखा र एटीएम 

मर्जपछि बैंकको शाखा संख्या १ सय ३६, एटिएम संख्या १ सय २४ पुगेको छ । नेपालको बैंकिङ क्षेत्रमा नीजि स्तरको यो सबैभन्दा धेरै शाखा र एटीएम भएको सुविधायुक्त बैंक हो । मर्जरपछि प्रभु बैंकमा करिव १४ सय कर्मचारी कार्यरत छन् । यो मर्जरसँगै अब मुलुकमा वाणिज्य बैंकको संख्यामा कमी आएको छ । प्रभुमा गाभिएको ग्राण्ड बैंक क बर्गको बैंक हो । यसअघि प्रभू विकास बैंक, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएपछि प्रभू बैंक बनेको हो ।  

नेपालमा ठुलो  ‘व्राण्ड’ बैंक
विभिन्न बैंकसँग मर्जरपछि प्रभू बैंक नेपालकै सबैभन्दा ठुलो बैंक भएको छ । प्रभू बैंक ‘क’ बर्गको बैंकका हिसावले आफैमा नयाँ बैंक हो । यस अघि फाइनान्सको रुपमा स्थापीत प्रभू फाइनान्स केही समय अघि विकास बैंक हुँदै राष्ट्रिय स्तरको बैंकमा बदलीएको हो । विकास बैंकका रुपमा आए लगत्तै प्रभू विकास बैंक, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएपछि प्रभू बैंक बनेको हो । जोखिममा परेको किष्ट बैंकलाई आफूमा गाभेको प्रभू बैंकले अर्को जोखिममा परेको ग्राण्ड बैंकलाई पनि मर्जर प्रकृयामा ल्याएको हो । यसरी हेर्दा डुव्दै गरेका बैंकमा रहेको सर्बसाधारणको रकम सुरक्षित देखिएको छ । तथापी आफैमा खराव देखिएका बैंकलाई मर्जरमा ल्याउनु भने प्रभूका लागि ठुलो चुनौति थियो । यो चुनौती मोल्ने कामलाई प्रभू बैंक संचालक समितिले अबसरका रुपमा लिएको छ । फाइनान्सको रुपमा रहँदाबाटै स्वच्छ छवि वनाएको प्रभूले मर्जर पछिको छोटो अवधिमै आफूलाई राम्रो नाफामा लगेको छ । जसले प्रभू बैंकप्रतिको विश्वास थप फराकिलो बनाएको छ । प्रभु बैंकमा अनुभवी र कुशल संचालक समितिको नेतृत्व अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका छन् भने युवा बैंकर्सका रुपमा स्थापीत अशोक शेरचन बैंकका प्रम्ख कार्यकारी अधिकृत रहेका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]