August 16th, 2016

२ बर्षभित्र ७० अर्ब रुपैयाँ लगानी थप गर्दै एनसेल 

ncellमोबाईल सेवाप्रदायक एनसेल प्रालि र एक्जिएटा ग्रुप बर्हाद (एक्जिएटा)ले मंगलबार एनसेलको रिब्रान्डिङको घोषणा गरेको छ । मंगलबारदेखि रिब्रान्डिङ कम्पनीले एनसेल–एक्जिएटा भएको कम्पनीको नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । कम्पनीले नयाँ ब्रान्डमा रूपान्तरणसंगै आधुनिक प्रविधि, नवीनता र डिजिटलाइजेसनलाई अपनाउँदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका सञ्चारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित हुने जनाएको छ ।

आगामी २ बर्षभित्र ७० अर्ब रुपैयाँ थप लगानी गर्ने एनसेलले घोषणा गरेको छ । कम्पनीले स्तरीय सेवा सञ्चालनको सुनिश्चितताका लागि उक्त लगानी गर्ने घोषणा गरेको हो । मलेसियन कम्पनी एक्जिएटाको प्रवेशपछि एनसेलले ठूलो लगानीको घोषणा गरेको हो । गत वैशाखमा एनसेलको ८० प्रतिशत सेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्ड्स होल्डिंग्सको पूर्ण स्वामित्व एक्जिएटाले खरिद गरेको थियो । एनसेलले यसअघि नै सन् २०१६ का लागि १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । ‘एनसेलले ग्राहकका लागि उत्कृष्ट सेवा सञ्चालन सुनिश्चित गर्ने प्रतिबद्धताअन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने घोषणा गरेको छ,’ एनसेलको विज्ञप्तिमा भनिएको छ । एनसेलले देशमा ८५ अर्बभन्दा बढीको स्थिर सम्पत्ति सिर्जना गरेको छ ।

निःशुल्क कल र एसएमएस नयाँ ब्रान्डको अनावरणसंगै एनसेलले मंगलबार लागू हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाइम तथा ५०० एसएमएस निःशुल्कप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । एनसेलका सबै ग्राहकले एस्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निस्शुल्क सहभागी हुन सक्नेछन् । प्राप्त ५० मिनेट टक टाइम तथा ५०० एसएमएस एनसेलकै नेटवर्कमा एक हप्तासम्म प्रयोग गर्न सकिनेछ । फोरजीरएलटिई सुरु गर्ने एनसेलले टुजीरथ्रिजी जिएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरिसकेको जनाएको छ । कम्पनीले फोरजीरएलटिईजस्ता आधुनिक प्रविधि सुरु गर्ने भएको छ । ‘नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने फोरजीरएलटिई सेवा सञ्चालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ । सामाजिक–आर्थिक विकासमा सहकार्य एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले नेपालको सामाजिक–आर्थिक विकासका लािग सरकारसाग सहकार्य गर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]