August 15th, 2016

लुम्बिनी जेनेरल इन्स्योरेन्सको नाफा साढे १५ करोडभन्दा बढी

lumbiniनिजी क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले एक वर्षको अवधिमा १ सय ३० दशमलव ०७ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले मुनाफा ६ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।

३३ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १४ करोड २९ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा २४ करोड ४ लाख रुपैयाँ राखेको जनाएको छ । कम्पनीको आम्दानीमा १ सय २४ दशमलव ७७ प्रतिशतले बढेर २५ करोड ४७ लाख रुपैयाँ पुग्दा खर्च १ सय १७ दशमलव ७७ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैया पुगेको छ । बीमा शुल्कवापत कम्पनीले ४८ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ भने २३ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले १ लाख ३१ हजार ४ सय ८६ वटा बीमा लेख जारी गरेको छ भने ३ हजार ६ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ४७ दशमलव २६ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ३० दशमलव ६८ गुणा, प्रति शेयर नेटवर्थ २ सय १९ दशमलव ५२ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मुल्य ४ सय ६५ दशमलव ०८ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]