August 15th, 2016

सगरमाथा इन्स्योरेन्सको नाफामा १४५ प्रतिशतको बढोत्तरी

sagarmathaनिर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १८ करोड ३८ लाख ५६ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ४५ प्रतिशत अर्थात् झन्डै ११ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ करोड ५० लाख ५३ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीले ५३ करोड ८२ लाख ४ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ भने ४९ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जनको रकम १ अर्ब ११ करोड ५२ लाख ३२ हजार रुपैंया छ ।

४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा १४ करोड ३२ लाख २७ हजार रुपैंया राखेको छ भने जीवन बीमा कोषमा ३९ करोड रुपैयाँ राखेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४१ रुपैंया ६७ पैसा, प्रति शेयर नेटवर्थ २ सय २६ रुपैंया ७१ पैसा, तरलता अनुपात ३ दशमलब ५० र मुल्य आम्दानी अनुपात ५७ दशमलव ६२ रहेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]