August 9th, 2016

शिखर इन्स्योरेन्सले कमायो ३१ करोड मुनाफा

shikhar 1निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३१ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको भन्दा ४१ दशमलव २७ प्रतिशतले मुनाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ९६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

५० करोड ९८ लाख ९७ हजार ३ सय रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ४५ करोड ९४ लाख रुपैयाँ राखेको छ । त्यस्तै, कम्पनीको बीमाकोषमा ५० दशमलव ७० प्रतिशतले बढाएर ४६ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । शिखर इन्स्योरेन्सले आम्दानीमा पनि ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५० करोड ८० लाख रुपैयाँ पुर्याएको छ । बीमा शुल्क (खुद) आम्दानी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा खर्च ७९ दशमलव १५ प्रतिशत बढेर १९ करोड ७८ लाख रुपैयाँँ पुगेको छ । कुल २ अर्ब ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब २७ करोड ८० लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सको चौथो त्रैमास अनुसार प्रति शेयर आम्दानी ६० दशमलव ८५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५३ दशमलव ४ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ८२ दशमलव ६१ रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर पूँजी ५ करोड १० लाख ९८ हजार ८ सयले वृद्धि भएको छ भने शेयर प्रिमियम खातामा २८ करोड १० लाख ४३ हजार ४ सय जम्मा भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]