August 7th, 2016

ग्यास सिलिण्डर पड्कियो ? बीमावापत लिनुस् १ करोड

gasग्यास उद्योगीहरुले सिलिण्डर विस्फोटपछि दिइने क्षतिपूर्ति रकम तोकेका छन् । सिलिन्डर पड्किएपछि मृतक र घाइतेका परिवारले क्षतिपूर्तिमा फरक–फरक र ठूलो रकम माग्न थालेपछि व्यवसायीले क्षतिपूर्तिको रकम आफैँ निर्धारण गरेका हुन् । जसअनुसार, अब ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । 

एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए । जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन् । सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारले १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाउनेछन् । एकजनाको मृत्यु भए परिवारले १० लाख, ५ जनासम्मको मृत्यु भएमा ५० लाखसम्म क्षतिपूर्ति दिइनेछ । त्यस्तै, एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने बताइएको छ । 

यस विषयमा बीमा कम्पनीसँग थप छलफल गरी एक साताभित्रै निर्णय लागू गर्ने योजनामा ग्यास व्यवसायी एवम् उद्योगीहरु छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]