August 4th, 2016

राष्ट्र बैंकसंग एनसीसीको माग : ‘मोड अफ पेमेन्ट सहज बनाउ’

nrbनेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले भुक्तानीको तरिका ‘मोड अफ पेमेन्ट’ सहज बनाउन राष्ट्र बैंकसंग माग गरेको छ । एनसीसीका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले गभर्नर डा. चिरंजीबि नेपाललाई भेटी हालै जारी गरिएको मौद्रिक नीति तुलनात्मक रुपमा सन्तुलित रहेको भन्दै मोड अफ पेमेन्ट सहज बनाउन माग गरेको हो । जवाफमा गभर्नर नेपालले आवश्यक कदम चाल्ने आश्वासन दिएका भेटमा सहभागी एनसीसीका एक पदाधिकारीले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]