August 2nd, 2016

पुँजी बढाएर सय करोड पुर्याउने प्रभु इन्स्योरेन्सको योजना

pravuप्रभु इन्स्योरेन्स लिमिटेडले केही वर्षभित्रै पुँजी वृद्धि गरि सय करोड पुर्याउने योजना सुनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३३ करोड पुगेको छ । कम्पनीको २१ औँ बर्षगाँठको अवसरमा प्रभु इन्स्योरेन्स लिमिटेडका उपाध्यक्ष राजेन्द्र मल्लले आफुहरु ३३ करोडमा सिमित भएर नबस्ने केही वर्षमै कम्पनीको पुँजी वृद्धि गरि सय करोड पुर्याउने योजना रहेको बताए । ‘अहिले हाम्रो ३३ करोड पुँजी पुगेको छ’, उनले भने, ‘हामी यतिमै सिमित रहेर बस्ने पक्षमा छैनाँै, केही वर्षभित्रै कम्पनीको पुँजी बढाएर सय करोड पुर्याउने अठोटका साथ हामी अघि बढेका छौँ ।’ यसका लागि कम्पनीको सेवा विस्तार गरी दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गर्ने उनले बताए । त्यस्तै कम्पनीको पुँजी वृद्धिका लागि आगामी दिनमा सेवा बिस्तारको लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने उपाध्यक्ष मल्लले जानकारी दिए । प्रभु ग्रुप आएपछि बीमा कम्पनीहरुको अनुशासन अझ धेरै कायम भएको उनले दाबी गरे ।

नयाँ शाखा खोल्ने योजना
कम्पनीका उपाध्यक्ष मल्लका अनुसार हाल प्रभु इन्स्योरेन्सका १८ वटा शाखा छन् र अझै केही शाखा निकट भविष्यमा नै खोलिदैछन् । उनले निकट भविष्यमा नै पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, धनकुटा र इलाममा शाखा खोल्ने तयारी गरिएको जानकारी दिए । २०५३ सालमा एलाइन्स इन्स्योरेन्सका नाममा स्थापना भएको कम्पनी दुई वर्ष अघि प्रभु ग्रुपअन्तर्गतको प्रभु इन्स्योरेन्समा रुपान्तरण भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]