February 2nd, 2016

बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाल खुला

artha mantralayaबैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको मस्यौदामा हेरफेर गरिएको छ । नयाँ मस्यौदा अनुसार बैँक तथा वित्तीय संस्था सञ्चालकको कार्यकाललाई खुला छोडिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदमा एउटै व्यक्ति जति कार्यकालसम्म पनि सञ्चालक बन्न पाउने व्यवस्था गरिएको हो ।

यसअघि, नेपाल राष्ट्र बैँकले निर्देशन जारी गरेर अध्यक्ष तथा सञ्चालक दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति हुन नपाउने व्यवस्था गरी आफूले तयार गरेको मस्यौदामा पनि यहि व्यवस्गथालाई निरन्तरता दिँदै आएको थियो । यद्यपि, अर्थमन्त्रालयमा गएर मस्यौदामा केही हेरफेर गरिएको हो । सञ्चालकको कार्यकाल खुला छोडिए तापनि अध्यक्षको हकमा भने एउटै व्यक्तिले दुई कार्यकालभन्दा बढी निरन्तरता दिन नपाउने व्यवस्थालाई यथावत राखिएको छ ।

ऐनमा प्रबन्ध सञ्चालकको पनि व्यवस्था गरी सञ्चालक र प्रमुख एउटै व्यक्ति हुँदा उसको पदलाई प्रबन्ध सञ्चालकको रुपमा व्याख्या गरिएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतको पदलाई पयिन दुई कार्यकालमा सिमीत गरिएको छ । एक कार्यकाल ४ बर्षको हुन्छ ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा कडाई गरि लामो अनुभव नभएको व्यक्तिले स्नात्तकोत्तर गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । बैंकिङ, सरकारी तथा संगठित क्षेत्रमा काम गरेको १० बर्षे अनुभव भएको व्यक्ती भने स्नातक गरेर सिईओ बन्न पाउनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]