July 29th, 2016

उदार मौद्रिक नीतिको परिणाम : चीनमा मौलाउँदै वित्तीय जोखिम

chinaचीनको कर्जा समस्या अपेक्षा गरिएभन्दा निकै खराब हुन सक्ने अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मूडिजले चेतावनी दिएको छ । मूडिजको इन्भेष्टर सर्भिसले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो । कर्जा वृद्धिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदरलाई उछिनेको समेत मूडिजले बताएको छ । तीव्र दरमा बढिरहेको छायाँ बैङ्किङलाई टोटल सोसल फाइनान्सिङ (टीएसएफ)मा समावेश नगरिएकाले समग्र तरलतामा भएको वृद्धि कम देखिएको मूडिजका एशिया प्रशान्त क्षेत्रका प्रमुख कर्जा अधिकृत मिशेल टेलरले भने ।

कम्तीमा पनि १ सय ६० खर्ब रन्मिन्पी (२४ खर्ब अमेरिकी डलर) अर्थात् सन् २०१५ को जीडीपीको २३ प्रतिशत बराबरको रकम टीएसएफमा संलग्न नभएको र यो त्यहाँको छायाँ बैङ्किङको करीब एक तिहाइ बराबर भएको उनले बताएका छन् । ‘समग्र लिभरेज र छायाँ बैङ्किङको गतिविधिमा भएका थप विस्तारले वित्तीय जोखीम बढाइरहेको छ,’ मूडिजका वरिष्ठ उपाध्यक्ष स्टेफिन स्वार्ट्जले भने । उदार मौद्रिक नीतिका कारण बैङ्कहरूको कर्जा बढ्दा टीएसएफ प्रवाह बढेको प्रतिवेदनमा मूडिजले बताएको छ । मूडिजले मार्चमा चीनको कर्जा शाख परिदृश्यलाई स्थिरबाट नकारात्मकमा झार्दै कर्जा शाखको स्तर ‘एएथ्री’ कायम गरेको थियो । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]