July 22nd, 2016

‘ब्रोकरको कमिशन घटाउँदैमा शेयर बजार व्यवस्थित हुँदैन’

rabindra bhattaraiरविन्द्र भट्टराई- लगानीकर्ताहरुले ब्रोकरलाई बुझाउनुपर्ने कमिशनमा कटौती गर्नु सकारात्मक पाटो हो । नेपालमा यति धेरै ब्रोकर कमिशन थियो कि त्यो घटाउनु अपरिहार्य थियो । तर ब्रोकरको कमिशन घटाउँदैमा शेयर बजार व्यवस्थित हुने र लगानीकर्ता ढुक्क हुने अवस्था भने हुँदैन । शेयर बजारको आकार बढेपनि विस्तार हुन सकेको छैन । बास्तवमा अहिले शेयर बजार काठमाडौँ बाहिर जान सकेको छैन । यसको मतलब पहुँचको कुरामा हामी पछाडी छौँ । हामीसंग यस्तो वातावरण हुनुपर्छ कि हाम्रो शेयरबजारमा काठमाडौँमात्र नभएर काठमाडौँबाहिर र अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीकर्ता आकर्षित हुन सक्नुपर्छ । त्यसका लागि प्रविधिको विकास गर्नु जरुरी छ ।

शेयर बजारको विश्लेषण गर्दा, ब्रोकरको कमिशन घटेपछि शेयर बजारको भल्यूम बढेको छ । लगानीकर्ताहरु थप अकर्षित भएका छन् । यसले बजारको भल्यूम बढाएको छ । त्यसैले शेयर बजार अझै बढ्ने देखिन्छ । शेयर बजार व्यवस्थापनका लागि धितोपत्र बोर्डले दिएका निर्देशनहरु नेपाल स्टक एक्सेन्ज (नेप्से)ले टेरेको देखिदैन । प्राय निर्देशनहरु अनेक बहाना गरेर झुल्याउने नेप्सेको परिपाटीले बजार व्यवस्थापनमा चुनौति थपिदिएको भन्ने लाग्छ । नेप्से अहिले राजनीति गर्नेहरुको ‘अखडा’ जस्तो भएको छ । राजनीतिक आडमा कसैलाई नटेर्ने र आफुखुशी गर्ने प्रवित्तिले लगानीकर्ताले गर्ने लगानीमा जोखिम बढाउने सम्भावना हुन्छ । (बैंकिङ खबर डट कमका लागि सहकर्मी नवराज कुँवरले शेयर विश्लेषक भट्टराईसँग गरेको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]