July 21st, 2016

‘विपन्न कर्जा’बारे कृषि विकास बैंकका सिईओ सिटौलालाई तीन प्रश्न

lila prakash sitaulaगत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका केही प्रावधानप्रति निजीस्तरका बाणिज्य बैंकहरुले असन्तुष्टि जनाइसकेका छन् । खासगरी बाणिज्य बैंकहरुले प्रत्यक्षरुपमा विपन्न वर्गमा २ प्रतिशत लगानी गर्नुपर्ने प्रावधानको उनीहरुले विरोध गरेका छन् । तर यो व्यवस्थालाई सरकारी बैंकहरुले कसरी लिएका छन् त ? यसै विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी नवराज कुँवरले कृषि विकास बैंकका सिइओ लिला प्रकाश सिटौलासंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
 
१. मौद्रिक नीतिलाई कसरी लिनुभयो ?
हामीले मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएका छौँ । बैंकहरु नाफामुखीमात्रै हैन सेवामुखी पनि हुनुपर्छ भन्ने खालको मौद्रिक नीति छ ।

२. बाणिज्य बैंकहरुले विपन्न वर्गमा २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने मौद्रिक नीतिको व्यवस्था जटिल भयो भनिँदैछ नि ?
वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने ५ प्रतिशतको कर्जा अनुपातलाई यथावत् राखी यस अन्तर्गत न्यूनतम् २ प्रतिशत कर्जा प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था बाणिज्य बैंकहरुका लागि अलि गाह्रो होला तर असम्भव छैन । बाणिज्य बैंकहरुको जुन किसिमको संरचना, नेटवर्क र पूर्वाधार छ, यो कामका लागि ती पूर्वाधारहरु अहिले विस्तारित नभएकाले अलि गाह्रो देखिएको हो । तर राष्ट्र बैंकले त्यसलाई सहजीकरण गरिदिने विकल्पहरु पनि दिएको छ ।

३. त्यसले लघुवित्त विकास बैंकहरुलाई पनि असर पुगेको भन्दैछन् नि ?
प्रभाव अवश्य पार्छ । लघुवित्त संस्थाहरुलाई डिपोजिट लिनका लागि अनुमति हुँदैन । उनीहरुको श्रोत भनेको ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक नै हुन् । त्यसमा पनि दुई प्रतिशत कर्जा लगानी उनीहरुले नै गर्ने भनेपछि श्रोत घट्न सक्छ । तर सेवाग्राहीका लागि त फाइदाको कुरा हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]