July 20th, 2016

विस्तार हुँदै जीबन बीमा कम्पनीहरुको व्यापार, नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी 

life insuranceगत आर्थिक वर्ष (०७२/७३) मा मुलुकमा सञ्चालित जीवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ बीमा शूल्क आम्दानी गरेका हुन् । जीबन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतभन्दा धेरैले बढाएका हुन् । भन्दा धेरैले बढेको छ । अघिल्लो आव ०७१/७२ को सोही अवधिमा कम्पनीहरूको यस्तो आम्दानी २४ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ रहेको थियो । 

बीमा समितिको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्ममा संकलन भएको बीमा शुल्कमध्ये प्रथम बीमा शुल्कबापत कम्पनीहरूले अघिल्लो आवको तुलनामा २१ प्रतिशतले धेरै अर्थात् ९ अर्ब ३९ करोड रुपैयाँ प्राप्त गरेका छन् । अघिल्लो आवमा बिमा कम्पनीहरूले प्रथम बीमा शुल्कबापत ७ अर्ब ७२ करोड रुपैयाँ उठाएका थिए । नविकरणीय बीमा शुल्कबापत भने जीवन बीमा कम्पनीहरूले २० अर्ब ६५ करोड संकलन गरेका छन्, जुन अघिल्लो आवको तुलनामा ३३ प्रतिशतले बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा भने यस्तो बिमाशुल्क १५ अर्ब ५२ करोड संकलन भएको थियो ।

त्यस्तै, वैदेशिक रोजगारी म्यादी जीवन बीमा योजनाबापत जीवन बीमा कम्पनीहरुले १ अर्ब ८२ करोड रुपैयाँ बिमा शुल्क उठाएका छन्, जुन अघिल्लो आवको तुलनामा करिब ६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने यस्तो आम्दानी १ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।

गत आवमा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै व्यापार गरेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीले १० अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]