July 15th, 2016

आइतबारदेखि दैनिक ४ घण्टा शेयर कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबारको समयअवधि बढाएको छ । नेप्सेले दैनिक १ घण्टाका दरले कारोबार समय थप गरेको हो । यससँगै अब दैनिक ४ घण्टा शेयर कारोबार हुनेछ । नेप्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे आइतबार देखि विहान ११ बजे देखि दिउँसो तीन बजेसम्म नेपाल स्टक एक्सचेञ्ज शेयर कारोबारका लागि खुला हुने जनाएको छ । यसअघि सार्वजनिक विदाका दिनहरुमा बाहेक नेप्से आइतबार देखि विहिबारसम्म हप्तामा पाँच दिन दैनिक तीन घण्टा (दिउसो १२ बजेदेखि ३ बजेसम्म) खुल्दै आएको थियो । 

नेप्सेले कारोबार विनियावलि २०५५ को विनियम १८ (१) बमोजिम कारोबार समय बढाएको बताएको छ । सिडिएस एन्ड क्लियरिङ पूर्ण रुपमा संचालन आएसँगै लगानीकर्ताको माग बमोजिम कारोबार समय थपिएको नेप्सेको भनाई छ । यसले कारोबार परिमाण तथा कारोबार संख्या बढ्न गई बजारको तरलता वृद्धि हुने तथा बजार थप परिपक्क र सुद्धढ हुने विश्वास नेप्सेको छ ।

हेर्नुस्, नेप्सेद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै :

nepse


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]