July 15th, 2016

मौद्रिक नीतिमा बैंकर्सको प्रतिक्रिया : ‘कहिँ खुशी कहिँ गम’

नवराज कुँवर / 
maudrik niti bahas‘मौद्रिक नीतिले बाणिज्य बैंकहरुको मन दुखायो’
मौद्रिक नीतिले बाणिज्य बैंकहरुले दुई प्रतिशत विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नुपर्ने गरी ल्याएको प्रावधानप्रति बाणिज्य बैंकहरुले असन्तुष्टि जनाएका छन् । नेपाल बैकर्स संघले तत्काल दुई प्रतिशत विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्न सम्भव नभएको बताएको हो । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले यो व्यवस्था पूरा गर्न बाणिज्य बैंकहरु सक्षम नभएकाले सच्याउनुपर्ने माग राखे ।  

लघुवित्त संघले भन्यो ‘अब लघुवित्त संस्था चल्न गार्हो हुन्छ’
त्यस्तै लघुवित्त संस्थाहरुले मौद्रिक नीतिमा आएका केही प्रावधान पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । लघुवित्त विकास बैंकर्स संघका अध्यक्ष धर्मराज पाण्डेले सम्बन्धीत संस्थाको कोषको लागतमा बढीमा सात प्रतिशत स्पे्रट रेट काम गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था लघुवित्तको हकमा अन्यायपूर्ण हुने टिप्पणी गरे । यस्तो व्यवस्थालाई बाध्यकारी बनाइने हो भने लघुवित्त संस्थाहरु चल्न नसक्ने अवस्थामा पुग्ने उनले बताए । विपन्न वर्ग कर्जामा बैंकको प्रत्यक्ष लगानी हुनुले पनि लघवित्तलाई असर पर्ने उनको भनाई छ ।

बिकास बैंकले मौद्रिक नीतिको स्वागत गर्यो
अघिल्लो वर्ष आएको मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएका विकास बैंकहरुले भने यसपटकको मौद्रिक नीतिको पूर्ण रुपमा स्वागत गरेका छन् । विकास बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले आफुहरुको अधिकांश सुझाव समेटिएको भन्दै बैंकहरुलाई नाफामुखिमात्रै नभएर सेवामुखि पनि बनाउने गरी मौद्रिक नीति आएको प्रतिक्रिया दिए ।  खासगरी बैंक तथा वित्तीय संस्थाले मुनाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व सिएसआरमा र कर्मचारी खर्चको ३ प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्नुं पर्ने व्यवस्थालाई निकै सकारात्मक ठानेको उनले बताए ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]