July 13th, 2016

विश्वभरका सरकारी ऋणपत्रको प्रतिफल ऋणात्मक, सुरक्षित सम्पत्तिको खोजीमा लगानीकर्ता

investmentविश्वका सरकारहरूले जारी गरेको झन्डै १ सय ३० खर्ब डलरको सरकारी ऋणपत्रको प्रतिफल ऋणात्मक अवस्थामा रहँदै आएको छ । यो कुलको एक तिहाइ रहेको जनाइएको छ । मागमा वृद्धिसँगै ऋणपत्रको प्रतिफल ओरालो लागेको हो । केन्द्रीय बैंकहरूले ब्याजदर न्यून राखेपछि र ब्रेक्जिटको निर्णयपछि लगानीकर्ता सुरक्षित सम्पत्तिमा आकर्षित भएकाले ऋणपत्र र सुन मागमा वृद्धि भएको छ ।

१० वर्षे अमेरिकी ट्रेजरीको प्रतिफल हालसम्मकै न्यून अर्थात् १.३४ प्रतिशत कायम भएको छ । यसैगरी ३० वर्षे ऋणपत्रको प्रतिफल पनि २.१५ प्रतिशतमा झरेको छ । बेलायतको १० वर्षे ऋणपत्रको प्रतिफल ०.७७ प्रतिशतमा झरेको छ । जापानको लगभग ९० प्रतिशत सम्प्रभू ऋण ऋणात्मक दरमा कारोबार भइरहेको छ । स्विट्जरल्यान्डको ५० वर्षे ऋणपत्रको प्रतिफल पनि ऋणात्मक भएको छ ।

विश्वभरिका लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकिर्षत भए पनि भारतीयहरूले भने लगानीकर्ता पाइरहेका छन् । पश्चिमा मुलुकहरूमा ऋणात्मक ब्याजदरलाई केन्द्रीय बैंकको निराशाका रूपमा चित्रण गरिएको छ । यो अवस्थाले वृद्धि पुनर्बहाली गर्न लगानी र उपभोग बढाउनप्रति सरकार उदासीन हुने देखिएको छ । ऋणात्मक ब्याज दर भएका अर्थतन्त्रहरू समस्याग्रस्त क्षेत्रमा प्रवेश गरेको अर्थशास्त्रीहरूले बताएका छन् । आरबीआईका गभर्नर रघुरमन राजनले उपभोक्ताहरूले न्यून व्याजदरमा पनि आशा गरेअनुरूपको व्यवहार नदेखाएको बताएका छन् । बचतकर्ताले पनि आफ्नो लगानीले थोरैमात्र आम्दानी गर्ने भएकाले अवकाशपछिको उमेरलाई थुपारेर राख्न थालेका छन् । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]