July 12th, 2016

पूर्वगभर्नर क्षेत्री भन्छन् – ‘सरकार परिवर्तनले मौद्रिक नीतिमा कुनै असर पर्दैन’

dipendra bahadur chettrसत्ताको मूख्य घटक दल नेकपा माओबादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै नेपाल राष्ट बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा कुनै प्रभाव पार्ला कि भन्ने अड्कलबाजी भईरहेको छ । आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सरकारले घोषणा गरेको बजेटले लिएको लक्ष्यअनुसार मौद्रिक नीति ल्याउन लागेको राष्ट्र बैंकले एकदुई दिनमै मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

यतिबेलै सरकार परिवर्तन हुने सम्भावना देखिएपछि त्यसले कुनै प्रभाव पार्ला कि भन्ने अड्कलकाबीच पूव गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकार परिवर्तन भएपनि अब बजेटको लक्ष्य परिवर्तन नहुने भएकाले मौद्रिक नीतिमा त्यसको कुनै असर नपर्ने बताएका छन् । बैंकिङ खबरका लागि सहकर्मी नवराज कुँवरसंग संक्षिप्त कुरा गर्दै पूर्व गभर्नर क्षेत्रीले दिएको प्रतिक्रिया यहाँ जस्ता त्यस्तै प्रस्तुत गरिएको छ ।
 
बजेटको लक्ष्य परिवर्तन गर्न मिल्दैन, त्यसैले कुनै असर पर्दैन
दिपेन्द्र बहादुर क्षेत्री, पूर्व गभर्नर
सरकार परिवर्तनले मौद्रिक नीतिमा त्यस्तो ठूलो असर पुर्याउँदैन । राष्ट्र बैंक आफैँमा एउटा स्वायत्त संस्था हो । यद्यपी यसले सरकारलाई बजेटको लक्ष्य हाँसिल गर्न सघाउने हो । सरकारको आर्थिक सल्लाहकार पनि भएकाले उसले सरकारलाई सहयोग गर्ने हो । सरकार ढलेपनि बजेटको लक्ष्य परिवर्तन गर्न मिल्दैन । बजेटका कार्यक्रमहरु नै परिवर्तन भएको अवस्थामा हो भने केही प्रभाव पर्ने हुन सक्छ । तर बजेटको लक्ष्यअनुसार मौद्रिक नीति ल्याउन लागेको हुँदा जुनै पार्टीको सरकार आएपनि मौद्रिक नीतिलाई प्रभाव पार्दैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]